कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित

२२ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
42 Shares


स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जनालाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भएर गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुषमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो ।

यस्तै गण्डकी प्रदेशमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेका छन् ।
यसैगरी म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ भने पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया