सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली जेष्ठ २२, सिसहनिया देउखुरी दाङ । सिसहनियाँ उद्योग बाणिज्य संघले सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण भएको छ ।कोरना संकटको अवस्थामा नेपाल सरकारले गरेको कर शुल्क तिर्ने समयावधि तथा लगडाउनको अवस्था बारेमा संघको विहिजार बैठकनै बसेर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।  सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता तथा पुर्व अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको प्रमुख आथित्यतामा भएको बैठकले यस्तो कोरोना कहरको बेला उद्योगी ब्यापारी संग तुरुन्त कर तिर भन्नु नसुहाउने निष्कर्ष निकालीएको छ ।

संघको बैठकवाट लकडाउन खुले पछि करिव दुई महिना पछि कर लिन सरकारलाई आग्रह समेत गरिएको छ ।
संघको बैठकले लगडाउनको पालना गर्दै सरकारको नियमानुसार र जिल्ला प्रशासन कार्यालय दाङले गरेको निर्णय अनुसारको दिनमा होटल र सैलुन बाहेक अन्य ब्यवसाय विहान ६ बजेदेखी ९ बजेसम्म खोल्ने निर्णय समेत गरिएको छ । सामाजिक दुरी कायम गर्ने, मास्क तथा पन्जा लगाउने, भिडभाड नगर्ने, पसल आघे डोरीको छेकबार लगाउने समेत निर्णय गरिएको छ । चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग र कलकारखाना तथा बजार ठप्प रहदै आएका छन् । जसका कारण सर्वसाधारणको रोजी रोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग र कलकारखाना सञ्चालक पनि यसको मारमा परेका ले दिन मिलाएर बजार खोल्ने निर्णय गरिएको हो ।