शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक

प्रकाशित मिति:

कौरव खत्री / बागलुङ-बागलुङको एक माध्यमिक विद्यालयले विद्यार्थीका घरआगनमै पुगेर पाठ्यपुस्तक वितरण गरेको छ । गलकोट नगरपालिका ८ स्थित श्री शिव माध्यमिक विद्यालयले विद्यार्थीहरूका लागि शैक्षिक सत्र – २०७७ को नयाँ पाठ्यपुस्तक घर आँगनमै पुराएको विद्यालयका प्रधानाध्यापक हरि चालिसे एबिसीले जानकारी दिए ।

विश्वभर कोभिड १९ कोरोना भाइरसले आक्रान्त बनेको यस्तो परिस्थितिमा शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बनेको अवस्थामा यस विषम परिस्थितिमा नयाँ पाठ्यपुस्तक विद्यार्थीको घर आँगनमा पुर्याउनु कठिन कार्य भएपनि विद्यालयले पुस्तक पुर्याएको विद्यालयका प्रधानाध्यापक हरि चालिसे एबिसीले बताए ।साथै प्रधानाध्यापक चालिसे एबिसीले भने कुनै कारणवस पुस्तक प्राप्त गर्न नसकेका विद्यार्थी भाइबहिनीहरूले आफ्नो टोलमा हुनु भएको शिक्षकसँग सम्पर्क गर्नका लागि समेत आग्रह गरे ।

साथै अहिले लकडाउन भएकोले पर्ख र हेरको अवस्थामाले नयाँ शैक्षिक सत्र नियमित रूपमा संन्चालन गर्न नसकेकोमा विद्यालयबाट प्रत्येक टोल टोलमा शिक्षक प्रतिनिधि बनाइ निरन्तर रूपमा सिकाइ सहजीकरण गरिएको र त्यसलाई सिकाइ सहजीकरणले विद्यार्थीहरूमा पढाइप्रति ध्यान केन्द्रित गर्न सघाउ पुगेको विद्यालयका प्रधानाध्यापक चालिसे एबिसीले बताए ।२०४० सालमा स्थापना भईआएको शिव माध्यमिक विद्यालयमा हाल कक्षा १२ सम्मको पढाइ सञ्चालन हुदै आएको छ । भने साविकको काडेवास गाविसको विद्यालयको वडा न।१ देखि ७ सम्म गरि वडाहरू साविकको मल्म गाविसकोवडा न। ३ देखि ६ सम्म गरि ४ वटा वडाहरू सेवा क्षेत्रभित्र रहेका छन् ।