क्वारेन्टिनमा बस्नेहरुका लागि ब्यक्तिगत सरसफाईका सामाग्री

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली / मसुरीया – क्रियटिङ पोसिबिलिटिजनेपाल चैनपुरले राप्ती गाउँपालिकालाई ब्यक्तिगत सरसफाईका सामाग्री उपलब्ध गराएको छ ।कोभिड १९ को कारण राप्ती गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनहरुमा बस्नेहरुका लागि सो सामाग्री उपलब्ध गराईएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई सामाग्री हस्तान्तरण गर्दैक्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरकी विद्यार्थी संयोजक दिपा चौधरीले गाउँपालिकाले सञ्चालन गर्दै आएको कोरना संक्रमण रोकथामका प्रयासहरुमा साथका लागि सामाग्री उपलब्ध गराईएको बताउनु भएको छ ।गढवा गाउँपालिकाको चैनपुरमा कार्यालय रहेको क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिका लाई ६ सय पीस लुगाधुने सावुन र ६ सय पीस नुहाउने सावुन, २ हजार पत्ता स्याम्पु, २५ सय खानाखाने टपरि, पीपी फर्म ५५ मिटर, सेनेटरी प्याड १२० पीस,

प्लास्टिक बाटा २० पीस,प्लास्टिक गुन्द्री २५ पीस, प्लास्टिक मग २० पीस र ५०० लिटर प्लास्टिक पानी टंकी प्रदान गरेको छ ।बुधवार सम्म करिव ८ सय वढि नागरिक क्वारेन्टिनमा बस्दै रहेको अवस्थामा क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकाको कोरना संक्रमण रोकथामका प्रयासहरुमा साथ र सहयोग गरेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले धन्यवाद प्रदान गर्नु भएको छ ।राप्ती गाउँपालिका क्राईसेर म्यानेजमेन्ट कमिटिको बैठक विहिवार सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको बैठकले पछिल्लो कोभिड १९ को अवस्था, क्वारेन्टीनको अवस्था र गाउँपालिकाले सञ्चालन गर्दै आएको कोरना संक्रमण रोकथामका प्रयासका बारेमा जानकारी तथा छलफल गरिएको छ ।