उपाधिका लागि ब्रेभ गोर्खा र गुल्मी भिड्दै

प्रकाशित मिति:

माधव ज्ञवाली
सैनामैना–१४, कार्तिक
सैनामैना महोत्सवमा चलिरहेको भलिबल प्रतियोगिताको उपाधिका लागि बिहिवार ब्रेभ गोर्खा बुटवल र गुल्मी भलिवल संघ भिड्ने भएका छन् । बुधबार भएको सेमिफाईनलकोपहिलो खेल जिल्ला भलिबल संघ गुल्मी र मुर्गिया युथ क्लव रातोका बिचमा भएको खेलमा जिल्ला भलिबल संघ गुल्मीले ३–० सेटले मुर्गिया युथ क्लव रातोलाई हराई विजयी हुन सफल भएको छ । त्यसै गरी दोस्रो खेलमा मणिमुकुन्द तिलोत्तमा र रिभर साईड कन्चनका बिच भएको प्रतिस्पर्धामा रिभर साईड कन्चनलाई ३–० को सोझो सेटमा हराउँदै मणिमुकुन्द तिलोत्तमा विजयी भएको छ ।
यसैगरी तेस्रो खेलमा बेभ्र गोर्खा बुटबल र काली गण्डकी स्याङ्जाका बिच भएको खेलमा काली गण्डकी स्याङ्जाको अनुपस्थितिका कारण बेभ्र गोर्खा बुटबल स्वतह विजयी भई फाइनलको यात्रा तय गरेको खेलकुद संंयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो । फाइनल खेलको तेस्रो स्थानका लागि लायन्स क्लव अफ सैनामैना र मणिमुकुन्द तिलोत्तमा भिड्नेछन् भने पहिलो र दोस्रो स्थानका लागि जिल्ला भलिवल संघ गुल्मी र बे्रभ गोर्खा बुटवलका बिच प्रतिस्पर्धा हुने छ । खेलमा प्रथम हुने टिमले रु ६० हजार, दोस्रो हुने टिमले रु ४० हजार, तेस्रो हुने टिमले रु २० हजार र सान्तवना हुने टिमले रु १० सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित सँगै सामाजिक एकता भन्ने मुल नाराका साथ सैनामैनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा बुधबार राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी, थारु गायक श्री निवास चौधरी, लोक तथा दोहोरी गायिकाद्धय दुर्गा नेपाल र इन्दिरा गैरे (इन्दु)का, गोबन एण्ड ट्रष्टको साथमा मम्मी डान्स लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहेको मेलाका सचिव एवम् प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो । बिहिवार सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक पूर्णकला बि.सी, गायक भरत क्षेत्री, राजकुमार रायमाझी, गायिका सपना गाहा, गायक रामप्रसाद पौडेल लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक पिताम्बर न्यौपाने (धर्म) ले बताउनुभयो । महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७५ मा बुधबार ७ जना प्रतिस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् । निर्णायक र दर्शकको भोटिङको आधारमा कम मत प्राप्त गर्ने १ जना प्रतियोगी बाहिरिए सँगै बिहिवार ७ जनाले प्रतिस्पर्धा गर्ने अतिरिक्त क्रियाकलाप संंयोजक देविदत्त सुवेदीले बताउनुभयो । बिहिवार वडा स्तरीय दोहोरी गीत प्रतियोगिताको सेमिफाईनल हुने भएको छ । जसमा बिहिवार वडा नं २ र वडा नं ४ का बिच दोहोरी गीतको प्रतिस्पर्धा हुनेछ । यसैगरी बुधबार भएको दोहोरी गीत प्रतियोगितामा वडा नं ५ विजयी भएको छ । बुधबार वडा नं ३ र ५ का बिच प्रतिस्पर्धा हुने भनिए पनि वडा नं ३ का प्रतिस्पर्धी उपस्थित नभएका कारण वडा नं ५ निर्विरोध विजयी भएको हो ।
त्यसका साथै मेलामा सुरक्षा व्यवस्थापन प्रभावकारी ढंगबाट गरिएको सुरक्षा व्यवस्थापन उपसमितीका संयोजक रिजन गहतराजले जानकारी दिनुभयो । उहाँले मेलाको सांस्कृतिक पक्ष, स्टलहरु र दशर्कको भिडलाई मध्यनजर गरी सिसिटिभी निगरानी सहित सुरक्षा व्यवस्थापन टिमले चुस्त दुरुस्त रुपमा काम गरेको बताउनुभयो । कार्तिक ८ गतेदेखि सुरु भएको सैनामैना औद्योगिक व्यापार मेला पर्रोहा मा.वि. को अगाडि रहेको खेल मैदानमा जारी छ ।