शुद्र समाजको बिरोध कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कञ्चन – शुद्र समाज,कञ्चन १,रुपन्देहीको आयोजनामा  बिरोध कार्यक्रम सम्पन्न भएको छ ।पश्चिम रुकुम जाजरकोटको चौरझारीमा भएको हत्याकाण्डको बिरोधमा कञ्चन १ स्थित सानो उकालीमा कार्यक्रम भएको हो ।कार्यक्रमका प्रमुख अतिथि तथा मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले देशमा संघिय गणतन्त्र स्थापना भएपनि जातिय बिभेद दिनानु दिन बढदै गएको प्रति दुख ब्यक्त गर्नु भएको छ।देशमा १० बर्षे शसस्त्र युद्ध सहित धेरै राजनैतिक परिबर्तन संगै ब्यबस्था परिबर्तन भयो तर समाजमा जातिय बिभेद युक्त बिचार र सोंच भएका ब्यक्तिहरुको अन्त्य नभएकोले छुवाछुटले प्राथमिकता पाउदै आएको धारण ब्यक्त गर्नु भएको छ। अझै पनि समाजमा आमुल परिबर्तन भएको देख्न नचाहने अगुवाहरुले नजानिदो ढंगले जाथिय बिभेदको नेतृत्व गरेको उदाहरण पश्चिम रुकुम जाजरकोटको चौरझारीमा भएको घृणित घटना एक ज्वलन्त उदाहरण भएको बिचार मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सदस्य पगेनीले ब्यक्त गर्नु भएको थियो ।नवराज जस्ता युवाहरु जातिय बिभेदकै कारण जनप्रतिनीधिको नेतृत्वमा निर्मम हत्या हुनु निन्दनिय भएको उक्त घटनामा संलग्न दोषीहरुलाई

कडा भन्दा कडा कार्बाही हुनुपर्ने माग समेत गर्नु भएको छ।बिशिष्ट अतिथि तथा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले धर्म र संस्कृतिको नाममा बिकृतिको रुपमा जरा गाडिरहेको जातिय बिभेद समाज बिकासको घाटक साबित हुदै आएको बिचार ब्यक्त गर्नु भएको थियो । अव युवाहरुले नै आफुलाई उधमशिलता संगै जातिय बिभेदको अन्त्यको लागि समाजमा अगुवाई गर्नु पर्नेमा पौडेलले जोड दिनु भएको थियो ।यस्तै कञ्चन जेसिज बर्ष २०२०२१ का अध्यक्ष बाबुराम पौडेलले समाजको बिकास संगै हुर्किएको जातिय छुवाछुतको अन्त्य गर्ने जिम्मेवारी युवाहरुकै कांधमा रहेकोले पश्चिम रुकुम जाजरकोटको चौरझारीमा भएको घृणित घटना प्रति भ्रत्सना ब्यक्त गर्नु भएको थियो । जातियताको आधारमा निर्मम हत्या गरिएका नवराज बि.क.लगायत युवाहरुको हत्यामा संलग्न दोषीहरुलाई कडा भन्दा कडा कार्बाही गरी पिडित परिवारको न्यायको लागि सरकारसंग जोडदार माग गर्नु भएको छ।सैनामैना जेसिज बर्ष २०२०२१ का उपाध्यक्ष सुरज भट्टराईले पश्चिम रुकुम

जाजरकोटको चौरझारीर रुपन्देहीको देवदहमा भएको घृणित घटना प्रति बिरोध जनाउदै घटनामा संलग्न दोषीलाई कार्बाही र पिडितलाई न्याय दिइनु पर्ने माग गर्नु भएको छ। कार्यक्रममा उपाध्यक्ष भट्टराईले देशमा भएको आमुल परिबर्तनकोको लागि राजनैतिक र सामाजिक अगुवाई गर्न सक्छ भने जातिय बिभेदका बिरुद्ध पनि नेतृत्व युवाहरुले गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।शुद्र समाजका अध्यक्ष पुर्ण सिंको अध्यक्षतामा सम्पन्न बिरोध कार्यक्रममा वडा सदस्य जुना परियार र राष्ट्रिय जनमोर्चाका कपिल पौडेल,दलित पत्रकार संघ,रुपन्देहीका सचिव सुरेश परियार लगायतले जातिय बिभेदका बिरुद्ध एक्यबद्धता जनाउदै पश्चिम रुकुम जाजरकोटको चौरझारीमा भएको घटनामा संलग्न दोषीलाई कार्बाही र पिडितलाई न्यायका लागि सम्बन्धित निकायसमक्ष माग गर्नु भएको थियो ।समाजका टीकाराम सुनारको संचालनमा सम्पन्न कार्यक्रममा सन्दिप सेन्चुरीले स्वागत गर्नु भएको थियो ।