अमेरिकामा रोकिएका नेपालीहरुलाई फर्काउन नेपाल सरकारको निर्देशन

प्रकाशित मिति:

अमेरिका : कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपालीनागरिकहरु अन्तत नेपाल फर्किन पाउने भएका छन्। विभिन्न भिषामा अमेरिका पुगी त्यहीँ रोकिएका नेपालीहरुलाई फर्काउन नेपाल सरकारको निर्देशन अनुसार राजदूतावासले पहल थालेको छ।महिनौंदेखि अमेरिकामा रोकिएका नेपालीहरू राजदूतावासले जारी गरेको आवेदनको आधारमा करिब ५५० को हाराहारीमा छन् । जसले तत्काल नेपाल फर्किन पाउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै आवेदन दिइरहेका छन् । कोरोना महामारीका कारण अमेरिकामा थुनिएका नेपाली नागरिकले नेपाल फर्किने माग राख्दै महिनौंदेखि हारगुहार गरिरहेका थिए।उनीहरुले आफुहरुले टिकटको पैसा आफैले तिर्ने र क्वारेन्टिमा बस्दालाग्ने खर्च समेत आफैले तिर्ने भन्दै माग राखेको भएपनि सरकारले त्यो माग सुनेको थिएन्। अमेरिकामा यसरी देश फर्किन पाउनुपर्ने माग राख्नेहरु ७ सयको हाराहारीमा रहेको जनाइएको छ।

अमेरिकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउनका लागि एनआरएनए अमेरिका र पोखरामा प्रधानकार्यलय रहेको बतास अर्गनाइजेशनले संयोजन गरिरहेका थिए। दुवै संस्थाले संकलन गरेको विवरणअनुसार अमेरिकाबाट नेपालफर्किन चाहना भएकाहरु ७ सयभन्दा बढी छन्।बतास अर्गनाईजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले सरकारले ढिलै भएपनि नेपालीलाई फर्काउन थालेको खबरले खुसी भएको बताए। ‘हामीले अमेरिकालगायत विश्वभरबाट स्वदेश फर्किन चाहनेहरुको विवरण संकलन गरेर सरकार तथा दूतावासमा पठाएका थियौं।’ उनले भने–‘ढिलै भएपनि उनीहरु देश फर्किन पाउने सूचनाले हामी खुसी छौं।’महिनौंदेखि सरकार तथा सम्बन्धित निकायमा हारहुगार गरिरहेकाहरु अन्तत सरकारको पहलमा नेपाल फर्किने आशामा छन् । विभिन्न भिषामा अमेरिका आएकाहरुले खर्चको अभाव हुने गरेको, भिषामासमेत समस्या भएको र नेपालमा आफन्तको रेखदेखमा समेत समस्या थपिएको गुनासो गर्दै आएका थिए।

अमेरिकामा रोकिएका नेपाली शान्ताराज बतासका अनुसार यसरी नेपाल फर्किनेहरुले १५ सयदेखि १९ सय अमेरिकी डलर तिर्नुपर्नेछ। हाल टर्किज एयरलाइन्सले प्रतिव्यक्ति १९ सय अमेरिकी डलरमा सिधा नेपालको चार्टर फ्लाइट गर्ने प्रतिवद्धता जनाएको छ । साथै उक्त विमान कम्पनीले नेपालबाट ल्याउने र अमेरिकाबाट फकार्उने काम पाएमा प्रतिव्यक्ति १५ सय अमेरिकी डलरमा उडान भर्ने जनाएको छ।नेपाल सरकारले खाडी मुलुकसँगै अमेरिका अष्टे«लियालगायतका देशबाट आफ्ना नागरिक फर्काउन पहल थालेको छ । राजदूतावासको जानकारी अनुसार सम्भवत दुई हप्तामा अमेरिकाबाट केही नेपालीहरु नेपाल फर्किन पाउनेछन् । वाणिज्य दूतावास न्यूयोर्कका कार्यवहाक महावाणिज्यदूत पुष्पराज भट्टराईका अनुसार अहिले नेपाल सरकारको निर्देशनमा राजदूतावासले नेपालीहरुको विवरण संकलन गरिरहेको छ।विभिन्न भिषामा विभिन्न मुलुक पुगेका नागरिकलाई ल्याउन परराष्ट्र मन्त्रालयले राजदूतावास तथा वाणिज्यदूतावास हरुलाई समन्वय गर्न भनेको छ । दूतावासहरुले अहिले सम्बन्धित देशमा रहेका नेपालीलाई सम्पर्कमा आउने भनेको छ।अन्नपुर्ण पोस्ट