क्वारेन्टाइनमा बसेका ६५ वर्षे वृद्धको “मृ”त्यु “

२३ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
40 Shares


जुम्ला – जुम्लामा क्वारेन्टाइनमै बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ का उनी जेठ २१ गते नेपालगञ्जबाट जुम्ला गएका थिए । उनी भारतबाट नेपालगञ्ज हुँदै जुम्ला पुगेका थिए । उनीसँगै ९ जना नेपालगञ्जबाट जुम्ला पुगेका थिए ।

बाहिरी जिल्लाबाट आएका उनलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए।

मृतक मुटु र दमको बिरामी थिए । नियमित औषधि सेवन गर्दै आएका उनको मृत्युको कारण खुलेको छैन् । डीएसपी धामीका अनुसार मृतक व्यक्तिको थ्रोट स्वाबको नमुना संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ ।

स्थानीयका अनुसार भारतबाट जुम्ला आइसकेपछि उनी बाटोमा हिँड्न सकिरहेका थिएनन्। उम्गाट भन्ने ठाउँमा उनी हिँड्न नसेकपछि उनलाई कसैले बोक्न मानेको थिएन। त्यसपछि उनकी बुहारीले बोकेर लगेकी थिइन्।khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया