पश्चिम नवलपरासीमा दुर्घटना बाट २ जनाको मृत्यु

प्रकाशित मिति:

प्रकाश न्यौपाने

जेष्ठ २३
नवलपरासी । बिहान ६ बजे बुटवलबाट पुर्व जाँदै गरेको ना ७ ख ६९६३ नम्बरको बस र वुटवल जादै गरेको प्रदेश २–०३–००१ च ३१२ नम्बरको पिकअप एक आपसमा ठोक्किदा बसका सहचालक सुर्खेत विरेन्द्रनगरका १७ वर्षिय विरेन्द्र रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका रानाको उपचारका लागी परासी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा बसका चालक सुर्खेत विरेन्द्रनगरका केशव श्रेष्ठ र पिकअपका चालक धुनुषा मिथिला ९ का कृष्ण बहादुर बुढा घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ । मोटरसाइकलको ठक्करबाट १ को मृत्यु गएको बिहीबार राती नवलपरासी पश्चिमको पाल्हीनन्दन ३ परसियामा मोटरसाईकलको ठक्करबाट पैदल यात्री नाथु प्रसाद गुप्ताको मृत्यु भएको छ । ठक्करबाट टाउकोमा गम्भिर चोट लागेका गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक भने फरार रहेका छन् ।