सहयोग हस्तान्तरण

प्रकाशित मिति:

सबिन डोटेल -गुल्मी गुल्मिको हर्मिचौरमा रहेको डिप्रोक्स लघुबित्त बित्तीय सस्थाले २०००० बराबरको राहत सामग्री बितरण गरेको छ । विश्व कोरोना भाईरस ९कोभिड १९० को महामारिको चपेटामा परेको छ । यहि परिस्थिति लम्बिने हो भने भबिस्यमा मानव जातिकै अस्तित्व खतरामा हुने देखिन्छ ।

यहि बिसम परिस्थितिमा डिप्रोक्सले कालिगण्डकि गाउँपालिका  ०१ का वडा अध्यक्ष थानेश्वर पाण्डेयलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । राहतमा चामल, नुन, तेल लगायतका दैनिक उपभोग्य बस्तुहरु रहेका छन । यि सामग्रीहरु वडा भित्र रहेका गरिब तथा ज्याला मजदुर गर्ने श्रमिक तथा कम आय भएका नागरिक तथा क्वारेन्टाइनमा रहेका ब्याक्तीहरुको लागि खर्च हुने जनाइएको छ ।