१४ बाछिटा

प्रकाशित मिति:

लता पौडेल

शासक
आज देखिए
शोषक ।

नौमती
विवाह बाजा
सँस्कृति ।

असार
धान रोपाईं
हतार ।

लाहुरे
वृद्धावस्था
चाउरे ।

रागले
खान्छ मनको
बाघले ।

नेपाल
विविधताले
विशाल ।

दम्पती
आत्मिक प्रेम
सम्पत्ति ।

करेसा
दिनदैनिकी
भरोसा ।

आकाश
स्निग्ध र स्वच्छ
प्रकाश ।

चर्खाले
धरा उर्वर
वर्षाले ।

पाखामा
पोख्यो वसन्त
आँखामा ।

जवानी
आवेग बन्छ
खरानी ।

सङ्गीत
चराचिर्बिर
अङ्कित ।

खोपीमा
छिमेकी आँखा
कोशीमा ।

लता पौडेल, ईलाम