कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन

२४ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
36 Shares


तोलाकान्त बगाले / वालिङ – वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा आजसम्म रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा नगद तथा जिन्सी गरी रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।नगरपालिकाको राहत कोषमा नगद २९ लाख ८३ हजार ३ सय ९५ र खाद्यान्न तथा जिन्सी १० लाख ५९ हजार ८ सय १५ गरी कूल रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको हो ।

कोषमा कडेल गाउँ आमा समूह वालिङ ८ द्वारा १२ हजार, कटौंजे आमा समूह वालिङ ८ द्वारा १२ हजार ५ सय, सुर्कौदी आमा समूह वालिङ ९ द्वारा १० हजार ५, जगतबहादुर विक कुवेतबाट ५ हजार, दीर्घनारायण सुबेदीबाट ५ हजार ४ सय ५४, सविता पंगेनी वालिङ ९ बाट ५ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था वालिङ शाखाबाट २५ हजार बराबरको खाद्यान्न, नमूना फूलबारी वालिङ शाखाबाट १५ हजार सहयोग प्राप्त भएको हो ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया