भरतपुर अस्पतालमा एक युवकको मृत्यु

प्रकाशित मिति:

२४ जेठ, भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए ।

उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।@onlinekhabar