जिवनको लम्बाइ

प्रकाशित मिति:

सागर पाण्डेय  – गौतम बुद्ध जन्मिएको लुम्बिनी जाउ या रामको जन्मभुमि अयोध्या वा सीता जन्मभुमी जनकपुर अथवा त्यस्तै दुनियाँमा आफ्नो किर्ती राखेर जाने महान ब्यक्तिहरुको जन्मस्थल त्यहा पुराना अवशेस भन्दा केही भेटिदैन, कथा सङ तथ्य जोडदै अगाडि बढनु पर्छ तब एउटा लामो इतिहास पाइन्छ। जन्म देखि मरण सम्मको ।  जिवनमा मान्छे धेरै बाचेर पनि समाज देस र दुनियाँको लागि कुनै उल्लेखनीय योगदान दिन सकेका छैनन भने कोहि सानै उमेरमा चमत्कार देखाएर सानै उमेरमा यो दुनियाँबाट बिदा हुने पनि छन। तर मान्छे यो सन्सारमा आए पछी केही न केही गर्नुपर्छ भनेर सोच्छ तर कमै मनुष्यले मात्रै चाहे अनुसारको लक्ष्य प्राप्त गर्न सक्छन तिनीहरुको क्रियाकलाप योगदान समाजको लागि अनुशरणिय बन्छ। लाग्छ बुद्धको अवस्थामा लुम्बिनी , कपिलवस्तु , बोधगया र सारनाथ कस्तो थियोे होला रु कृष्णको जमानामा मथुरा कस्तो थियो होलारु सम्झदा रोमान्चित भैन्छ तर आज त्यो बैभव खोजेर पाइदैन, हाम्रो अगाडी नयाँ दुनियाँ र नयाँ मान्छे छन र तिनीहरुको भिडमा म पनि ।

आदि सङराचार्य जस्ता सानै उमेरमा यो सन्सारलाइ नयाँ बाटो देखाएर जाने अनगिन्ती बुद्ध पुरुष होलान् , ऋषिमुनि कवि, साहित्यकार , कति समाजसेवी कति धनी तर तिनीहरुको सायद यो सन्सारले नाम र योगदान खोल्न नसकेर अस्तित्वमै रहस्यमय अवस्थामा छ। मान्छेका आआफ्ना भुमिका दायरा र सिमा छन र कुनै बिशेश मनुष्यको लागि असम्भव र नहुने कुरा केही छैन। कुनै बेला जिवित रहेका मान्छेहरुको हामी सङ मात्रै स्मृति र उनीहरुबाट छाडिएका प्रयोग अप्रयोग बस्तु मात्रै छन । यो सन्सारबाट अर्को सन्सारको परिकल्पना धर्ममा पाइए पनि उक्त सन्सार पृथ्वीबासिको लागि रहस्यमय र बिबादास्पद छ। असल कल्याणकारी काम गर्नेहरुको परलोकमा बास हुन्छ भन्ने बिश्वासले केहीले आफ्नो जिवनलाइ इस्वरको नाममा चलाएका छन तर कुनै धार्मिक विद्वानले सबैभन्दा ठुलो उपलब्धि नै मानव चोला प्राप्त हो भन्दछन र सबैभन्दा ठुलो उपलब्धि नै मुक्ति हो।

मान्छे यहि लोकमा राम्रोसँग भोग गर्न नपाउदै मृत्युलाई स्वागत गर्न मान्दैन र केही समय भएपनी यो सन्सारलाइ हेरिरहन चहान्छ। इन्द्रियको रमण गराउन चहान्छ , धेरै भन्दा धेरै बाच्न चहान्छ भलै गरिबी र असहाय किन नहोस उस्मा आशा जिवित रहिरहन्छ।पृथ्वीमा आवास गर्ने हर प्राणीहरु आआफ्नो लयमा छन, सुर्य , पृथ्वी, अन्तरीक्ष, वायु ,अग्नि,जल र बनस्पति अन्तरसम्बन्धले जिवित छन यति सम्म कि हाम्रो बिज्ञान पनि अहिलेसम्म धेरै प्राकृतिक रहस्य सङ बेखबर छ तर परिचय भने जारी छ।जन्म – जीवन – मृत्यु को एउटा साङो पाङो पाटोको अभिलेख सबैको लागि महत्त्वपूर्ण छ तर अर्काको लागि पनि महत्त्वपूर्ण बनाएर सगौरब इच्छा मृत्यु बरण गर्ने ज्ञानि मान्छेहरु भन्दा यमराजले नै जबर्जस्ती उठाएर लैजानुपर्ने मान्छे पृथ्वीमा ज्यादा छन । ज्ञान, ध्यान, शुद्ध कर्म गर्नेको अभाव छ , यहाँ सम्म कि धर्म जस्तो पबित्र र निरिपेक्ष भावनालाइ ब्यापारमा परिणत गरिएको छ ।अस्तु सागर पाण्डेय  काठमाडौं ,