स्वास्थ्यमन्त्रीलाई यस्तो छ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेयको सुझाव

प्रकाशित मिति:

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले कोरोना विरुद्धको लडाई जित्नका लागि स्वास्थ्य मन्त्री सवैभन्दा सक्षम हुनु पर्नेमा त्यस्तो हुन नसकेको टिप्पणी गर्नुभएको छ ।चिकित्सकीय कुरा राम्रोसँग बुझ्ने र बुझ्न सक्ने, दाताहरुसँग मिलेर श्रोत र सहयोग जुटाउन सक्ने, दैनिक १८ घण्टा खट्नु पर्ने भएपनि हुन नसकेको उहाँको भनाई छ ।स्वास्थ्य मन्त्रीले अस्पतालहरु, क्वारेन्टाइनहरुमा हेर्न जाने, समस्याहरु समाधान गरिदिने, सुझावहरु दिने, सहयोग गर्ने र प्रोत्साहन गर्ने हुनु पर्नेमा नभएको उहाँले बताउनुभयो ।स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पर्याप्त समन्वय पनि गर्न नसकेकाले आपसमै धेरै विवाद र असन्तुष्टिहरु रहेको डा। पाण्डेले दावी गर्नुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयबाट धेरै कमजोरी भएको, अपेक्षित काम हुन नसकेको, नेतृत्व असक्षम र असफल भएको थाहा पाएर पनि प्रधानमन्त्री केपी शर्मा ओली मुकदर्शक भएकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै उहाँले आगामी असार र साउनमा संक्रमण उच्च विन्दुमा पुग्ने विभिन्न तथ्यहरुले देखाएपनि सरकारको त्यो अनुसारको तयारी हुदै नभएको बताउनु भयो ।उहाँले अहिले नै स्वास्थ्य संकटकालको आवश्यकता नरहेको तर्क गर्दै जनशक्ति परिचालन गर्न, निजी अस्पताल तथा श्रोत साधन प्रयोग गर्न र खरिद प्रक्रियामा सजिलो हुने भएकाले सरकार संकटकालको पक्षमा देखिएको हुनसक्ने आशंका पनि गर्नुभयो ।@radio nrn