विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाली कांग्रेसको माग

२४ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
22 Shares


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन माग गरेको छ । सरकारले विभिन्न देशमा रहेका २५ हजार नेपालीलाई फिर्ता गर्ने तथ्यांक सार्वजनिक गरेपछि कांग्रेसले घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन माग गरेको हो । विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ सख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ, जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले विदेशबाट ल्याइएका नेपाली सवैको पीसीआर विधिबाट कोरोना भाइरस परिक्षण गरेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टाइनको प्रवन्ध मिलाउनसमेत सरकारलाई आग्रह गरेका छन् ।

कांग्रेसले आर्थिक वर्ष २०७६र७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका पाँच लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको स्मरण गराउँदै भनेको छ, “सायद त्यो कार्यन्वयन त भएन होला, तर त्यसलाई कोरोना महामारीका बेला अहिले कार्यान्वयन गर्न सकिने समय आएको छ । तसर्थ विदेशबाट फिर्ता भएका नेपालीहरुलाई रोजगारीमूलक काम दिने गरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यन्वयन गर्नु पर्दछ । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले नेपाल ल्याउन प्रवन्ध गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ । कांग्रेसले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रवन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।वाह्रखरीवाट

फेसबुकबाट तपाईको प्रतिक्रिया