भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं/भक्तपुरकी एक जना सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो ।

उनी कमल विनायकमा डेरा गरी बस्ने सुत्केरी महिला रहेको खुलेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संक्रमित महिला सुत्केरी भएको पुष्टि गरेका हुन् ।कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङबाट डेलिभरी गरिएको जनाइएको छ ।खबरहब बाट