गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका २ महिना पुग्ने थिए’

प्रकाशित मिति:

अध्यक्ष ज्यु नमस्कार ! संक्रमण मुक्त हुनुभएको खबरले खुसि भए । बधाई छ । संक्रमण जितेर फर्कनु भएको पालिका अध्यक्ष हजुर मार्फत गाउँबासि सबैमा अनुरोध गर्दै यो पत्र लेख्दै छु । कोरोना बिगबिगिको बिच सबै भन्दा बढि चिन्ता गाउँ घर र देशकै हुदो रहेछ । यो लेख लेख्दै गर्दा टोकियोमा संक्रमितको संख्या ५३ सय नाघिसकेको छ । म आफै बसेको रुमबाट प्रत्यक्ष देखिने अस्पतालमा दिनका दिन कोरोनाका बिरामि भर्ना गरिरहेको समाचार सुन्छु । त्यहाॅं ओल्लो पल्लो वडा सिल गर्दै गरेको समाचार सुन्दा म कोरोनाले रुमललिएका देश अमेरिका, चाईना, जर्मन, फ्रान्स जस्ता देशबाट आउने ओल्लोपल्लो प्लेनमा काम गरिरहेको हुन्थें । भने गफ लगाए जस्तै होला । त्यति नै बेला कोरोनाको सबै संकेत लक्षण म र मेरि श्रीमतिमा पाउथें । थाहा छैन जाचेको भए पोजेटिभ नै थियो कि बा अहिले पनि पोजेटिभ नै छ कि ? समय जटिल बन्दै थियो । अस्पताल उल्टै रोग सार्ने माध्यममा गनिन थाले । जापानिज दयालु हुने हुदा तिनै जापनिज ले हौसला दिई रहन्थे । डरले मरिने भए म मरेका आज दुई महिना पुग्थे । यति डरको भुमरिबाट समय गुज्रियो कि यहाँ लेखेर अटाउँदैन । काम गरम कोरोना ! काम नगरम के खाने कसरि बाच्ने ? तनाब थियो । बाध्यता थियो । न दिदि कोमा जाम्ला न मामाघर न कुनै आफन्त ! खास गरि यो बिचमा आत्मबल बढाउदै हौसला दिने टोकियो विस्वविद्यालयका दिपेस खरेल सरलाई बिर्सन्न डरको चरमचुलिमा मलाई खर्चेको १ घण्टाको कुराकानी जिवनको अबिस्मरणिय नै क्षणमा गन्छु । आफु बसेको ठाउॅं मा जतिसुकै पुगोस जन्मेको ठाउॅंको समाचारले आफै बिरामि भयको महसुस गराउदो रहेछ । त्यसैले अबको उपय के त ? प्रश्न खडा भएको छ ।

अध्यक्ष ज्यु कोरोना संक्रमण फैलिन सक्ने चेतावनीसंगै सरकारले देशव्यापी लकडाउन सुरु गर्यो संगै तपाई दिन रात जनताको लागि खटिरहनु भएको कुरा सर्व विदितै छ । कसैलाई संक्रमण हुन दिन्न भन्दै खट्दा खड्दै । उल्टै हजुर आफै संक्रमीत हुन पुग्नु भो । सबैले यो कुरा गोप्य राख्दा राख्दै हजुरले सार्बजनिक गर्नु भो । यसैमा सबैले स्वल्युट गरेका थिए । संक्रमण पछि अहिले सम्मको अनुभब राख्नु भन्दा अबकादिनमा के गर्ने त भन्ने कुराले भयांकर महत्व राख्ने हुदा यो अनुरोध पेस गर्दछु । त्यसैले पालिकाका सुभचिन्तक तथा पत्रकारले संक्रमणको अनुभब कस्तो रह्यो भनि अध्यक्षलाई सोध्न आउलान् । यसको जवाफमा समय नखर्चिनुस । अब जनतालाई कसरि जोगिने भन्ने तर्फ जोड दिनुस । यो भाईरस हामीसँग निरन्तर रहिरहन्छ भन्ने अनुमान गरेर यो पत्र लेख्दै छु । हजुर कोरोना संक्रमित भयको समाचार सुने पछि सारा गाॅंउ नै कोरोना संक्रमित भयको आभास भयको थियो । अनि म पनि फेरि एक पटक कोरोना संक्रमित भयको अनुभब गरें । त्यसैले गाउँ बासिलाई यो भन्दिनुस कि लकडाउन अंतिम उपाय होईन जिवन शैलि परिबर्तन गरौं । गाउँका बुबा आमा दाजुभाई दिदि बहिनिलाई भन्दिनुस शारीरिक दूरी कायम गर्नुस । मास्क लगाउनुस । नियमित रुपमा हात धुनुस ।विशेषगरीःसम्भव भएसम्म आफू र अन्य व्यक्तिहरुबीच कम्तिमा १० हातको दुरी कायम गर्ने गयो सम्भव भएन भने पनि ५ हातको दूरी चाँहि जसरी नै राख्नुस् । कुराकानी गर्दा, सम्भव भएसम्म आफूले कुरा गरिरहेको मानिसको ठीक सामुन्ने नबस्नुस । बाहिर जाँदा पनि कोठाभित्र बस्नु पर्यो वा कुराकानी भइरहेको छ भने आफूलाई संक्रमणको लक्षण नै नभएपनि मास्क लगाउनुस । घरमा आउनेबित्तिकै हात धुन , सकेसम्म छिटै लुगा फेर्न नुहाउन भन्दिनुस । हात साबुन र पानीले राम्रोसँग कम्तिमा ३० सेकेन्डसम्म धुन भन्नुस । बिरामी भेट्न जाँदा वा संक्रमणको उच्च जोखिममा रहेको मानिसहरुसँग भेटघाट गर्दा विशेष सावधानी अपनाउनु पर्छ ।

सकेसम्म बाहिर नजानुहोस । पर्याप्त हावा आवतजावत नभएको बन्द ठाउँमा नजानुहोस भिडभाड धेरै भएको ठाउँमा नजानुहोस । मनिसहरुको नजिक बस्नु पर्ने परिस्थितीबाट जोगिनुहोस । कोठामा पर्याप्त हावा छिर्न दिनुहोस् । खोक्दा वा हाच्छिँउ गर्दा रुमाल वा कुहिनाले मुख छोप्नुसोस् । नियमति रुपमा हात धुनुहोस् ।ज्वरो वा रुघा खोकी लक्षण देखिएको छ भने घरमै बस्नुहोस् । बिसन्चो महसुस भएको छ भने आराम गर्नुहोस । पसलमा कम मानिस भएको बेलामा जानुहोस भन्नुस । रकम बुझाउदा वा फिर्ता लिदा डाईरेक्ट हातमा लिनुको साटो टेवुटको प्रयोग गर्नुस । किन्न जानु भन्दा पहिला नै योजना बनाउनुहोस । मतलब छोटो समयमा धेरै पटक धाउनु नपरोस । पसलमा नमूनाका रुपमा राखिएका वस्तुहरु हातले समाउने छोड्ने बानीलाई त्याग्ने र प्रदर्शनमा राखिएका वस्तुहरु नछुनुहोस । खेलकुद मैदानमा जादा कम मानिसहरु भएको बेलामा जाने र गएपनि जुन ठाउँमा थोरै मानिसहरु छन् त्यही बस्नु होस । घरमै बसेर गर्न सकिने व्यायामसम्बन्धी फेसबुक, युट्युब टिकटक मार्फत भिडियोहरु हेरेर व्यायाम गर्नुहोस । ठूलो समूहमा मेलापात नगर्नुहोस ।सम्भव भएसम्म सरकारि काम कार्यको लागि अगाडि नै समय छुट्याउने र संबन्धित कार्यालयमा आफु उपस्थित हुने समयको जनकारि गराउनुहोस । सानो कोठामा आवश्यकता भन्दा लामो समय नबस्नुहोस । भजन किर्तन बिबाह बर्तबन्ध जस्ता कार्यक्रममा निम्ता मान्दा दूरी कायम गर्ने वा छुट्टा छुट्टै समयमा खानपिन गर्नेुहोस भन्नुस । बन्द कोठा भित्र भन्दा बाहिर बसेर खानुहोस । साथमा खाना खाँदा सामुन्ने नबस्नुहोस ।

खाना खानेबेलामा कुराकानी नगर्नुहोस । एउटै गिलासबाट नपिउनुहोस । जुठो नखानुहोस । गाडि चढ्नै परे सकेसम्म कुरा नगर्नुहोस । आफूलाई ज्वरो वा रुघाखोकीको लक्षण देखिएको छ भने कुनै समारोहमा नजानुहोस् । निम्ता गर्नेले उपस्थित नहुनु लाई अपमान नसम्झनुहोस । आमुन्ने सामुन्ने बसेर भेटवार्ता गर्नु पर्ने भयो भने कोठामा पर्याप्त हावा पस्ने स्थानमा बस्ने र मास्क लगाउनुहोस् । पालैपालो काम गर्नुहोस । यात्रा गर्ने समय फरक पार्नुहोस । कार्यालयमा काम गर्ने स्थान खुला राख्नुका साथै आलोपालो बैठक राख्ने , थोरै समुहमा बैठक बसि निर्णय हरु सबैलाई sms बाट जानकारि गराउने र प्रतिकृया लिने गर्नुहोस् भनेर स्पस्टसॅंग भन्दिनुस न है ।यति गर्न सक्यो भने संक्रमण फैलन पाउने छैन । लकडाउन नै अंतिम बिकल्प हुदै होईन । जिबनशैलि परिबर्तन गरि अगाडि बढ्नु नै अहिलेको आबस्यकता हो ।र अन्त्यमा आल्मबल बलियो बनाउनु भयो जित्नु भो पालिका बासि सबै खुसि भएका छन । यो रोग सामान्य भयर जानेछ । मेरो पालामा यस्तो भयको थियो भन्ने ईतिहास बन्ने छ । परिस्थिले धेरै कुरा सिकायको छ । गांउ सबै थोकमा आत्मनिर्भर बनायर अहिले अर्डर टिपेर बस्नेलाई अर्डर माग्ने बनाउॅंन प्रदेश देखि घरदेश सम्म हामि प्रदेशिको साथ रहिरहने छ । परिस्थिति जस्तो सुकै किन नहोस् मनस्थिति नडगमगायकै कारण जनयुद्धदेखि रोग युद्ध जित्नु भयको छ । पालिका हाक्ने तपाईलाई प्रदेश हाक्ने आत्मबल र क्षमता अभिवृदिहोस । शुभकामना ।नारायण पोखरेल धुर्कोट गाउँपालिका गुल्मी हाल टोकियो जापान