गुल्मीकी सुनार डेढ बर्षदेखि दाम्लोमा बाँधिएर मृत्यु कुर्दै

प्रकाशित मिति:

मनोज कार्की / गुल्मी-कठै बरा भगबान्ले पनि के के बरदान दिन्छन्न् मानिसलाई , कसैलाई जिन्दगी भर हर्ष र खुसि मात्र । कसैलाई आशु र पिडा मात्रै । हे भगवान्को पनि के लिला हो यो । बारम्बार भगवान् संग प्राथाना गर्दै आशुनै आशुमा दिन रात बिताईरहेकि छिन् । गुल्मी मालिका गाउँपालिका वडा नं सात टुनिखोलाकी कमला सुनार ।

दिनभर ज्याल मजदुर गरेर जिबिको पार्जन गर्ने सुनारको कथा ब्याथा निकै दयनिय छ । आर्थिक अबस्था कमजोर भएकै कारण मृत्युलाई कुर्दै सुरज सुनारकि श्रीमती कमला सुनार पशु जस्तै दाम्लोमा बाँधिएर दिन कटाई रहेकी छिन् ।तर यस्ता किसिमका दःख र रोग यिनलाई मात्र नभई संसारका केहि मान्छे पर्दै ,भोग्दै र देख्दै आएका छन् । तर यि टुनिखोलाकि कमला कथा अझ दर्दानक छ । सुनार आाफ्ना इच्छाले चाहेर पनि रोगलाई निको पार्ने औषधि किन्न नसकेपछि घरको दैलोमा बाँधिएकि छिन् ।

उनका श्रीमान् सुरजले आखाँ भरि गहगह आशु झार्दै आर्थिक अबस्था कमजोर भएकै कारण मेरी श्रीमति मृत्युलाई कुर्दै दाम्लोमा बाँधिन बाध्य भएकि छिन् तर म यस्तो दृश्य हेर्न पनि नसक्दा हेर्न बिबश छु । तर तिनको घरमा गई परिवार र उनलाई हेर्दा आशु नरसाउने त को नै होला र सुनारले आर्थिक अबस्था नाजुक भएकै कारण आाफ्ना सन्तानलाई पनि राम्रो शिक्षा दिक्षा दिन सकेनन् । आज शिक्षा नभएकै कारण आज कहिले भारत त कहिले नेपाल भएका छन् । बरु म एक छाक खाएर जीबन निर्वाह गर्दथ्ये तर मेरो श्रीमतीले उपचार पाई निको भएमा भन्दै आफ्नो दुख ब्यक्त गरे ।यदि सबैको सहयोग पाई उसलाई बचाउन सकेमा पहिलो धर्तिमा टेक्दाको खुसि जस्तो दोस्रो खुसि मिल्थ्यो । उनको उपचारको लागि २०७६ सालमा भैरहवामा करिब २ लाख खर्च भएको थियो । फेरी पैसा नभएकै कारण औषधिलाई निरन्तरता दिन नसक्दा रोग फेरी फर्किएको परिबारको भनाई छ । छोरीहरुको बिबाह भईसकेको छ तर छोरा कमाउँन गए आमा बिमारी भएकै कारण घरमा आउन बाध्य भएका हुन् । यस्तो परिवारको समस्या स्थानियले देखेपछि संचारकर्मि सुमन पन्थीलाइ खबर गरि मिडियाको सहयोग मागे । पन्थीले आफ्नो युटुब च्यानलबाट उनको कथा ब्याथा राखिदिएपछि केहि देश बिदेशबाट सहयोग मिल्न थालेको छ । कमलाको मासिक गुमेका कारण १ बर्ष सम्म बिस्तारामै छिन् ।पत्रकार मनोज कार्कीको पहलमा गुल्मी घमिरबाट रोजगारिको लागि ओमन रहेका बिजय परियारको आर्थिक सहयोगमा २५ केजि चामल ,२ केजि दाल ,३ साबुन, १ पोका नुन,२ पोका तेल , आधा केजि चिनी र चिया सुमन पन्थी,मनोज कार्की , वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले खाध्यान्न बितरण गरिएको हो । केहि दिन अगाडि आफै सुमन पन्थीले पनि खाध्यन्न गरेका थिए । सुनारकी श्रीमतीको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने र देश बिदेश बासिले ,पनि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरि उनको उपचार गरिदिन अपिल गरेका छन् । सुनारले आफ्नी श्रीमतीको हाल सम्म नागरिकता नबनाईदिएकाले आबश्यक कागजपत्र वडा बाट मिलाईदिने भन्दै वडा कार्यलयमा आउनको लागि वडा अध्यक्ष पन्थीले आग्रह गरे । यदि सहयोग गर्ने चाहानुहुने महानुभबले मनोज कार्की ९८५७०६७७३८ र सुमन पन्थी ९८६७३९३८७३ फोन गर्न सक्नुहुने छ । सुनारको श्रीमतीको उपचारको लागि १ लाख लाग्ने अनुमान गरिएको छ ।