डोटीको क्वारेन्टाइनमा एक युवकको मृ”त्यु”

प्रकाशित मिति:

डोटी/ डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार विहान मृ”त्यु” भएको छ ।जिल्लाको केआई सिंह गाउँपालिका वडा नं। ३ स्थित क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

वडा नं। ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए ।उनी लामो समयदेखि मुटुको रोगी रहेको बुझिएको छ ।भारतको दिल्लीबाट आएका उनी जेठ २० गतेदेखि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनी लामो समयदेखि मुटुको रोगी भएका कारण उनको हेरचाहका लागि उनका बाबु खटिएका थिए ।मृतकका बुवा लगायत अन्य १० जना समेत सो क्वारेन्टाइनमा बसेका छन् । मृतक युवा लगायत क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले जानकारी दिए ।स्वाबको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।खबरहब बाट