दाङको कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज भए

प्रकाशित मिति:

काठमाडौं, जेठ २५ । दाङको कोरोना विशेष अस्पतालले १० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ। अस्पतालबाट डिस्चार्ज हुनेहरुमा बाँकेका ५ जना, कपिलवस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना रहेका छन्।डिस्चार्ज भएका मध्ये केहीको कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो।

बाँकेका २, दाङका एक, कपिलवस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।त्यस्तै अन्य पाँच संक्रमितलाई अस्पतालमा राखेको २२ दिनसम्म कुनै लक्षण नदेखिएपछि सरकारको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो।