कांग्रेसका सांसद रमेशजंग रायमाझीले भने : अर्थमन्त्रीज्यू कर तिर्न व्यापारीलाई ऋण दिनुस्

प्रकाशित मिति:

काठमाडौं २५ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले व्यापारीलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्री डा। युवराज खतिवडालाई आग्रह गरेका छन् । आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकारले लकडाउनको अवधिमा समेत कर तिर्न गरेको आग्रहप्रति ब्यङ्ग्य गर्दै भने, ‘अर्थमन्त्रीले ऋण खोजेर भए पनि कर तिर भन्नुभएको छ । आज ती ब्यापारीहरुलाई ऋण दिनुहोस् अर्थमन्त्रीज्यू, त्यसको जमानी म बसुँला । त्यसो गरे कसो होला ब्यापारीहरुलाई सहज वातावरणमा काम गर्न दिए मात्र राजस्व बढी उठ्ने उनले बताए ।

सांसद रायमाझीले अर्थमन्त्री खतिवडाले व्यापारिक घरानासँग साँठगाँठ गरेर विद्युतीय गाडीमा कर बढाएको र चकलेटमा घटाएको आरोप लगाए । उहाँको संलग्नता देखिन्छ । विशाल ग्रुप, जो विराटनगरकै व्यापारी हुन् अग्रवालहरु । तिनको गाडी यति सय विद्युतीय गाडीहरु आउँदैछ भन्ने भएपछि ‘भित्रिएपछि भन्सार बढाउने रु’ उनले भने, ‘सरकारको एउटा चकलेटमा १० प्रतिशत छुट गराउँदा ३० करोड भन्दा बढी फाइदा हुन्छ । उसले जुन चिज आयात गर्छ त्यसमा बढाइएको छैन, घटाइएको छ । संलग्नता देखिन्छ ।’