थारु पत्रकार संघको अयोजनामा आधारभूत पत्रकारिता तालिम सुरु

२५ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
408 Shares


बुटवल, २५ जेठ । थारु पत्रकार संघ नेपालको अयोजनामा आज आईताबार देखि तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । संघले भर्चुवल अनलाईन जुम प्रविधिको प्रयोग गर्दै आधारभूत पत्रकारिता तालिम सुरु गरेको थारु पत्रकार संघका महासचिव सन्तकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले लक डाउन समयको सदुपयोग गर्दै थारु पत्रकार संघले निशुल्क तीन दिन अनलाईन आधारभूत पत्रकारिता तालिम अयोजना गरेको बताउँनुभयो । पत्रकारिता तालिमको पहिलो दिन प्राविधिक शिक्षक दुर्गा चौधरीले गुगल टुलको उपयोगिता र महत्वको विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै पहिलो दिनको दोस्रो सेसनमा महासचिव तथा जनता टेलिभजनका पत्रकार सन्त कुमार चौधरीले आम सञ्चार के हो ? विषयमा प्रकाश पर्नुभएको थियो ।  त्यस्तै दोस्रो दिन तीन वटा सेसनमा तालिम संचलान हुने थारु पत्रकार महासंघका केन्द्रीय अध्यक्ष सन्तोष दहितले बताउँनुभयो । उहाँले दोस्रो दिनको पहिलो सेसनमा संघका सल्लाहकार तथा अन्नपूर्ण पोष्टका पत्रकार डा. कृष्णराज सर्वहारीले नेपालमा थारु संचारको अवस्था, इतिहास र सम्भावनाको बारेमा प्रशिक्षण दिनुहुने कार्यक्रम तय भएको बताउँनुभयो । भने दोस्रो र तेस्रो सेसन क्रमश रेडियो कान्तिपुरमा कार्यरत पत्रकार पार्वता चौधरी र केर्नी न्युजका पत्रकार उन्नति चौधरीको प्रशिक्षण दिनुहुनेछ । पार्वता चौधरीले समाचार के हो ? श्रोत कसरी खाज्ने ? विषयमा प्रशिक्षण दिनुहुनेछ भने, उन्नति चौधरीले अनलाईन पत्रकारिताको अवस्था र कसरी गर्ने ? विषयमा प्रशिक्षण दिनुहुनेछ ।

त्यस्तै तेस्रो दिन कान्तिपुर दैनिकका पत्रकार ठाकुर सिंह थारुले फिल्ड रिपोर्टिङ्ग कसरी गर्ने ? संकटको बेलामा पूर्वतयारी कसरी गर्ने ? विषयमा सहजिकरण गर्नुहुनेछ । त्यस्तै दोस्रो संघका सल्लाहकार तथा गोरखा पत्र दैनिकका पत्रकार लक्की चौधरीले नेपाली पत्रकारिताको शैली र न्यू मिडिया के हो ? विषयमा प्रशिक्षण गर्नुहुनेछ । त्यस्तै तलिमको अन्तिम सेसनमा नेपाल अदिवासी जनजाति पत्रकार महासंघका (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङ्गले पत्रकारिताको आचारसंहिताको बारेमा प्रशिक्षण दिनुहुने कार्यक्रम तय भएको अयोजकले जनाएको छ ।तालिममाको पहिलो दिन काठमाडौं, चितवन, नपलपुर, रुपन्देही दाङ्ग, बाँके, बर्दिया, कैलाली कञ्चनपुर, बारा, मोरङ, सप्तरी, सुर्खेत, जुम्ला र थारु जातिकै भारत, युएई, साईप्रस लगायतबाट करिब ७० जना तालिममा सहभागीता रहेको थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहितले जानकारी दिनुभयो । तालिम संघका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार लक्की चौधरी, कृष्णराज सर्वहारी र वरिष्ठ पत्रकार ठाकुर सिंह थारुले प्रशिक्षर्थीलाई लक डाउनको समय  र  तालिमको भरपुर सदुपयोग गर्नुपर्ने भन्दै शुभकामना दिदै तालिमको समुद्घाटन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया