जीपी कोईराला फाउण्डेसनको ग्लोबल डिजिटल छलफल : होटलहरुलाई व्यवस्थित क्वारेन्टिन बनाउन सरकारलाई सुझाव

प्रकाशित मिति:

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाली काग्रेस नेतृ सुजाता कोइरालाले लकडाउन लम्बिदै गर्दा संक्रमितको संख्या बढ्नु दुखद भएको बताएकी छन । अन्य देशमा लकडाउन पछि संक्रमण घटे पनि नेपालमा भने अबस्था फरक रहेको बताउदै उनले भनिन, ुभारतसंग सिमा जोडिएका क्षेत्रमा अवस्था खतरा मुक्त छैन । प्रदेश सरकारको सक्रियता छैन । हरेक प्रदेशमा सुविधा सम्पन्न होटलहरु छन ती होटललाई व्यवस्थीत किसिमले क्वारेन्टिन बनाउने तर्फ सरकारले चासो दिएन । कोभिड९१९ को प्रभाव, यस पछिको आर्थिक र सामाजिक विश्व सन्दर्भ विषयक डिजिटल संवादमा आफ्ना भनाई राख्दै नेतृ कोइरालाले खर्च कटौति गरेर औषधी उपचार र परिक्षणमा सरकारले चासो दिनुपर्नेमा जोड दिइन । अबस्था भयाबह हुन नदिन स्वास्थ्यकर्मीहरुको मनोवल बढाउन सरकार संग उनले माग गरेकी छन । सरकार ले देखाएको १० अर्ब को खर्च कहाँ भयो त्य्स्को श्वेत पत्र जारी गर्नुपर्छ भन्दै नागरिक लै गोठ मा राखेर यत्रो खर्च देखाउनु भनेको जनता को कर माथिको दुरुपयोग हो भन्दै तमाम नागरिक समाज र नेपाल कांग्रेस को कार्यकर्ता हरु लाई नागरिक को दुख्मा साथ दिन अपिल गर्नु भएको छ१ केन्द्रिय सदस्य जीवन परियार ले सरकार ले मुर्दा मा राजनिती र कात्रो मा कमिसन खोजेको भन्दै रुकुम को जातिय हिम्सा मानव सभ्यता लाई लज्जित गरेको बताउदै त्यो कलन्कित अपराध लाई धाक्छोप नगर्न भने

कार्यक्रम संयोजक तथा कांग्रेस महासमिति सदस्य नेतृ रिता खनालले बिदेशमा पनि नेपाली अपहेलित हुनुपर्ने र आज स्वदेशमा आउँदा पनि सरकारको अपहेलना खेप्नु पर्ने यस्तो किन भईरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छन । यस्तो जटिल अबस्थामा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ्य प्रति गैरजिम्मेवार रहेको खनालको टिप्पणी छ ।।यस्तै अस्ट्रेलियामा रहेका ओसियाना समितिका सल्लाहकार डा। राजु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई कम गर्न निजी क्षेत्र र कृषीलाई विशेष ध्यानमा राखेर कार्ययोजना बनाउन सरकाराई सुझाव दिएका छन ।डिजिटल संवादमा आफ्ना भनाई राख्दै डा।डिल्ली बन्जाडेले कोरोना नियन्त्रणाका लागि अहिलेको अबस्थामा टेष्ट र ट्रेसिङ नै पहिलो र प्रभावकारी उपाए भएको बताएका छन ।उनले भने, कोभिडको त्रास संगसंगै समुदायमा अन्य बिरामीहरु पनि छन। कतै उनीहरुका उपचारमा पनि समस्या भएको छ कि यसतर्फ पनि बिचार गर्नु पर्छ । कोरोनाले मानसिक डर त्रास बढेको छ । उनीहरुको मानसिक स्वास्थ्यमा पनि सरकारको ध्यान पुगोस ।

नेपाल सरकारका कर्मचारी ,शिक्षक लगाउएत स्वयमसेवकहरुलाई तालिम दिएर मनोसामाजिक परामर्शका लागि खटाउन पनि डा। बन्जाडेले सरकारलाई सुझाव दिएका छन ।कोराना पछिको विश्व व्यवस्था र पद्धती मै फेरबदल आउने बताउदैं डा। देवराज पौडेलले अबका शैक्षिक कार्यक्रम र व्यसायलाई डिजिटल मैत्री बनाउन सरकारलाई सुझाव दिएका छन ।केहि खर्चिलो जस्तो देखिएपनि दिर्घकालमा प्रभावकारी माध्यमको रुपमा रहेको ओपन युनिर्भसिटी कन्सेप्टलाई नेपालले अनुसरण गर्न सक्छ। सिटीइभीटीका तालिमहरु प्रभावकारी बनाउदैं त्यसबाट प्रयाप्त रोजगार सृजना गर्न सकिन्छ । बिदेशबाट फर्केने नेपालीहरुलाई स्वरोजगार बनाउनु पनि सरकारको दायित्व भित्र रहन्छ । त्यस्तै यसिया प्यासिफिक संयोजक सुर्दशन थापा मगरले कोरोना उपचारमा सरकार उदासीन देखिएको आरोप लगाएका छन । बिदेशबाट फर्केका युवालाई उनीहरुको सिप र क्षमताका आधारमा रोजगारी दिन सके बेरोजगारी घटाउन सकिने दक्षिणकोरीया संयोजक डा।अग्नीराज कोइराले सरकारलाई सुझाव दिएका छन । मानसिक स्वास्थ्यका क्षेत्रमा धेरै असर पर्ने संक्ने जोखिमका बारेमा संकेत गर्दै क्यानडा संयोजक तुलसी पौडेलले यो महामारी नागरिक को लागि भोकमरी र काल बनेर आएको छ भने सरकारको लागि भ्रस्टाचार को उर्बर समय बनेको बताएका छन१ सन्सार भरी बाट रेमिटान्स पठाउने नागरिक हरु आज खाडि का देश मा अलपत्र परेर मेरो देश मा जान पाउ भन्दा सरकार ले जिम्वारी होइन घृणा गरेको छ १ नागरिक को बिच्स्लन र कष्ट मा काम नलगेको सरकार कस्को हो र कस्का लागि हो भनेर प्रस्न गरेका छन र कोरोना पछाडि को अवस्था मा सरकार को कुनै सोच र योजना नहुनु दुर्भाग्य भन्दै सबै नागरिक समाज लाई सरकार को गैर्जिम्मेवारी रबैयाको दरो र खरो प्रतिकार गर्नु पर्ने बताउनु भएको छ

कोरोनाका बारेमा आम समुदायलाई प्रभावकारी सुचना दिन सरकार चुकेको छ भने जनता को भोको पेट र स्वास्थ्य माथी अत्यन्तै खेल्वाड गरेको छ अष्ट्रेलिया सरकार जनता लाई मुटु मा राखेर महामारी बिरुद्द योजना बनाउछ भने नेपाल सरकार सत्ताकब्जा र स्वस्थ्य क्षेत्र मा समेत कमिसन खोज्नु भनेको सरकार ले नागरिक हेप्नु को पराकाष्ठा भएको बताउदै अब नागरिक तह बाट नै बिद्रोह को ज्वाला उठनेछ भन्दै समंयोजक रमेश छतकुल्लीले जनता जगाउने अभियान मा लाग्नुपर्ने बताए । त्यस्तै भारत संयोजक डोलराज भण्डारीले भारत मा रहेका नेपाली माथी सकार ले त्स्ल्लो स्तर को व्यवहार गरेको र तिन्लाइ सिमा नजिक पुग्दा प्स्नि आफ्नो देश जान नदिएर भारतिय हरुको पोल्तो मा सुमिएर अबिभावक र राष्ट्रियता बिहिन बनाएर भे डा बाख्रा जस्तो व्यवहार गरेको र भारत का बिभिन्न ठाउ बाट आएको लाई एकै ठाउमा राखेर कोरोना को संक्रमण बढाएको बताउदै नेपाल मा पनि जनावर लाई जस्तो व्यवहार गरेको छ सरकार ले भन्दै यो सरकार भ्रस्टाचार मा लिप्त भएको बताउनु भयो१ दुताबासबाट आफूहरुले सामान्य जानकारी समेत नयाएको गुनासो गरेका छन । क्यानडाबाट बिद्याभूषण कार्कीलाएतले कोरोना संक्रमणलाई सामान्य ढंगबाट लिनु भन्दा पनि पक्षिणलाई व्यापक बनाउन सरकारलाई सुझाव दिएका छन । बागमती प्रदेशले आयोजना गरेको डिजिटल संवादमा आसियानाको सह९आयोजन रहेको थियो भने प्राविधिक संयोजन नवराज भट्टराईले गरेका थिए।