पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा स्याङ्जाका एकजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, जेठ २६ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षीय पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईतबार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।