महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी आयोगमा दर्ता, बाबुराम चौथो बरियतामा

प्रकाशित मिति:

काठमाडौं, जेठ २६ । जनता समाजवादी पार्टी जसपा निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ । मधेशलाई आधार बनाउँदै राजनीति गरिरहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकृत गरी जनता समाजवादी पार्टी बनाइएको हो । यसअघि डा। बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको भएपनि दल दर्ता गर्दा भने भट्टराईको नाम राखिएको छैन ।

उनलाई चौथो वरियतामा राखिएको छ ।उनी अगाडी दुई अध्यक्ष र अशोक राई रहने छन् । भट्टराईपछिको बरियतामा राजेन्द्र महतो छन् । सरकारले मधेश केन्द्रित दल फुटाउने निहित उद्देश्य राखेर दल विभाजनमा सहज हुने अध्यादेश ल्याएलगत्तै दुई पार्टीले रातारात वैशाख १० गते पार्टी एकताको घोषणा गरेका थिए ।एकीकृत पार्टीको कार्यकारी समितिमा ५३, राजनीतिक समिति एक सय ५१ र केन्द्रीय समितिमा सात सय एकजना रहने सहमति पनि गरिएको छ ।