भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार पुग्र्यो

प्रकाशित मिति:

काठमाडौं, जेठ २६ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ ।भारतमा तीन दिन यतामात्रै ३० हजारभन्दा बढी संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १० हजार ८८४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ५७ हजार ५०६ जनामा संक्रमण पुष्टि भएको छ ।एकै दिन अरू २६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार २०७ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।