खुमकुमार श्रेष्ठको कृषी उडान :  बुवाले शुरु गरेको ब्यबसायलाइ आधुनिकिकरण गर्दै

प्रकाशित मिति:

बुटवल । छपिया भन्ने बित्तिकै सबैको मुखमा फ्याट्ट आइहाल्छ – माछा । यहि माछा पालन र ब्यबसायलाइ अगालेर रुपन्देहीको सियारी गाउपालीका छपियाका अधिकाशं कृषकहरुले आफ्नो जिबीकोपार्जन गरिरहेका छन ।  यस्तै सियारी गाउपालीका वडा नम्बर ५ का खुमकुमार श्रेष्ठ पछिल्लो समय माछा पालन र भुरा उत्पादनमा नाम कहलीएका कृषकको परिचय बनाएका छन । उनले बिगत ३ दशकदेखी बुवा तिलक कुमार श्रेष्ठले शुरु गरेको माछा ब्यबसायलाइ ब्यबस्थीत बनाउदै भुरा उत्पादनमा बिशेष ध्यान दिदै अगाडी बढीरेका छन ।  ४७ बर्षीय उनी श्रेष्ठ मत्स्य हेचरी पनी सन्चालन गरिरहेका छन । लामो समयदेखी माछा ब्यबसायमा आबद्ध भइ आफ्ना अनुभबहरु पनी साटीरहेका छन । हाल माछाका भुराहरु उत्पादन र बिक्रि बितरण गरेर बार्षीक रुपमा करीव १० लाख  मुनाफा हुने बताउछन ।  मैले उत्पादन गरेको माछाका भुराहरु रुपन्देही,स्याङजा,पाल्पा,नवलपरासी लगायतका बिभिन्न जिल्लामा बिक्रि हुन्छन , लकडाउनकै समयमै आफ्नै मत्स्य हेचरीमा भेटीएका श्रेष्ठले भने – कुनै पनी काममा निरन्तर लाग्ने हो भने जिबिकोपार्जनमा खासै ठुलो समस्या हुदैन ।

बुवाले सामान्य घरासायी प्रयोजनका लागी पोखरी खन्नुभएको थियो , बिस्तारै माछा पालनलाइ ब्यबस्थीत बनाउदै मैले बिभिन्न माछाका प्रजातीहरुका भुराहरु उत्पादन गरिरहेको छु । शुद्ध नसलका भुराहरु, पोखरी मर्मत तथा निर्माण ,भुरा डुबानीको ब्यबस्था आदी मिलाउन सकेको खण्डमा छपियाक्षेत्रको माछा ब्यबसायले अझै काचुली फेर्नेमा उनी बिश्वस्त देखीन्छन । जलदेबी माछा सहकारी संस्था लगायत बिभिन्न सामाजीक सघंसस्थामा उनको त्रतर्फ आर्कषीत गर्न सरसल्लाह सुझाब दिइरहन्छन । मृदृ भाषी,सरल सहयोगी र खरा स्वभाबका श्रेष्ठ सानैदेखी बुवाले शुरु गरेको माछा पालन ब्यबसायलाइ समय अनुसार परिमार्जीत गर्दै पनी गइरहेका छन । बिभिन्न तालीम गोष्ठी र सेमीनारमा माछा सम्बन्धि पाएका ज्ञानगुनका कुराहरु सबैमाझ सेयर पनी गरिरहेका छन । हाल ३ बिगाहा क्षेत्रफलमा माछा पालन र भुरा उत्पादन गरीरहेका उनले स्थानीय कृषकहरुलाइ राज्यले सक्दो सहयोग गर्नुपर्ने बताउछन । हाम्रोमा कमन,ग्रास,नैनी,बिग्रेड,भ्याकुर,र माङुगर जातका माछाहरु बढी मात्रामा पाइन्छ , उनले थपे – आगामी दिनमा यो ब्यबसायलाइ अझै परिमार्जीत गर्दै अगाडी बढ्ने सोच बनाएको छु ।

बुवाको सपना पुरा गर्दै-बुवाले सानैउमेरदेखी माछा पालन ब्यबसाय गर्दै आएको देखेका उनले बुवाको सपनालाइ पुरा गर्दै छन । एउटा पोखरीबाट शुरु भएको ब्यबसायलाइ अगाडी बढाएर अझै धेरै जिल्लामा भुराहरु उत्पादन गरेर पठाउने उनको सोच रहेको छ । त्यसो त उनले स्थानीय गाउका युवाहरुलाइ पनी कृषी क्षेत्रमा आर्कषीतका लागी पहल पनी गरिरहेका हुन्छन । पौरख गरे आफ्नै ठाउमा पनी चिनारी बनाउन सकिन्छ , सरल स्वभाबका श्रेष्ठ थप्छन – अबका दिनमा कृषीक्षेत्रलाइ अझै फराकीलो बनाउनको लागी युवाहरुलाइ पनी आर्कषीत गर्नुपर्छ ।