नेप्लिज अमेरीकन समुदायको र्यालीमा जिपीकोईराला फाउण्डेशन अमेरिकाको एक्यवद्धता

प्रकाशित मिति:

अमेरिका, न्युयोर्क। नेप्लिज अमेरीकन समुदाय ले आयोजना गरेको न्यायपूर्ण एक्यबध्द्ता र्यालीमा आइतवार जुन ७ को बेलुका न्युयोर्कको ज्याक्सन हाईट्स, डाईभरसिटि प्लाजा मा भव्य र सव्य का साथ सम्पन्न भयो। यस न्यायपूर्ण एक्यबध्द्ता र्यालीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले एक्यवद्धता जनाएको छ। फाउण्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सुर्य सिम्खडा को उपस्थिति रहेको थियो।

मिनियानापोलिस राज्यमा एक प्रहरीको यातनाका कारण अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यकाशहरहरुमा प्रदर्शन भइरहेका छन।र्यालीमा हालै नेपालको रुकुममा भएको घटनाको पनि भत्सना गरिएको थियो। फाउण्डेशनले पनि रुकुम घटनाको निन्दा गर्दै आएको छ । एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग-उपल्लो बर्गको नाममा हत्या हिंसा हुनु दुःखद र निन्दनीय छ।फाउण्डेशनले रुकुम घटनाको सत्यतथ्य खोजविन गरी निष्पक्ष छानबिन हुनु पर्ने र दोषिलाई कारवाहीको माग गरेको छ।

अमेरिका र नेपालमा भइरहेको जातिय विवेद विरुद्दको शान्तिपूर्ण प्रदर्शनमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले एक्यवद्धता जनाउने क्रममा बिहीबार,जुन ४,२०२० मा न्युयोर्कका सिनेटर जन सि। लियुले आवाहन गरेको “हामी सास फेरौं” भन्ने नाराका साथ पुलिसमा सुधारहरुका लागि भएको सो शान्ति र्यालीमा भाग लिएको थियो।मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट हामी अमेरिका बासि अत्यन्तै “दुस्खी” भएको र एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्ननसक्नु दुःखद हो, जबसम्म हाम्रो सोचमा परिवर्तन आउदैन, समस्याको समाधान निकै गाह्रो छ, फाउण्डेशनको वक्तव्य मा भनिएको छ।