बिदेशीएको जनशक्ति देशमै व्यवस्थापन गर : जनसम्पर्क समिति महामन्त्रीहरु

प्रकाशित मिति:

नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय भातृसंगठन नेपाली जनसम्पर्क समितिका महामन्त्रीहरुको बिश्व संजालको समन्वयमा तथा जनसम्पर्क समिति नर्वेको आयोजनामा कोरोना पछिको नेपाल र महामन्त्रीहरुको भुमिका विषयमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला,नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल,नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवा,राष्ट्रिय सभाका सदस्य जितेन्द्र देव उपस्थित कार्यक्रममा महामन्त्रीहरुले राष्ट्रको उन्नति र प्रगतिको लागि नेपाली काँग्रेस अगाडि बढनु पर्ने र पाटी भित्रको आन्तरिक गुटबन्दी हटनुपर्ने सुझाव दिएका छन ।साथै विभिन्न देशको कोरोना महामारी र नेपालीको अवस्था बारे पनि जानकारी गराइएको थियो ।एकैपटक धेरै नेपाली नेपाल फर्कदा पर्ने असर र त्यसको समाधानका उपायहरु विच पनि महामन्त्रीहरु विच छलफल भएको थियो । एनआरएनए साइप्नस ,जनसम्पर्क समिति लगाएत यहाँका विभिन्न सामाजिक संघसंस्था सँग सहकार्य गरेर नेपालीको समस्यामा सहयोग भैरहेको र यहाँका नेपाली विषेश गरि विद्यार्थीहरुको अवस्था जानकारी गराएको जनसम्पर्क समिति साइप्रसकी महामन्त्री सरस्वती तिमल्सिना खनालले बताइन ।अहिले विद्यार्थीहरु नेपाल फर्कने तयारीमा छन ,फेरि साइप्रस फर्कन मिल्दैन कि भन्ने चिन्ता उनीहरुमा छ ,सायद यस्तो चिन्ता अन्य देश बाट फर्कने नेपाली विद्यार्थीको पनि होला,यसलाई सजिलो तरिकाले नेपाल सरकारले पहल गर्नुपर्ने महामन्त्री खनालले सुझाव दिइन ।

विदेशमा धेरै नेपाली समस्या छ ,यस्तो समस्या समाधानमा नेपाली काँग्रेसले सरकारलाई आग्रह गरेर अगाडि बढनु पर्छ खनालको भनाइ छ ।यस्तै अन्य देशका महामन्त्रीहरुले पनि विदेश बाट फर्कने नेपालीको ब्यवस्था तथा आर्थिक समृद्धिको लागि काँग्रेसले सृजनात्मक सम्भावनाहरु खोज्नु पर्ने धारणा राखे ।प्राय सबै देश तिर बाट फर्कने नेपालीको समस्या उस्तै हो , सबै नेपालमै हुदा अबको चुनौति देशमा बेरोजगारी समस्या बढन सक्छ दक्षिण कोरियाका महामन्त्री कुमार थापा भन्छन् ।हामीले छलफलमा देशमै विदेशीएको जनशक्ति व्यवस्थापन गर्न सरकारले कुनै नयाँ नीति ल्याउनुपर्छ भन्ने धारणा राख्यौं यसको लागि नेपाली काँग्रेसले पहल गरोस थापाले भने ।बैठकमा मोहम्मद अजिज अली कतार, बसन्त कार्की क्यानडा, राज छत्कुली इजरायल, सरस्वती खनाल साईप्रस, यादव बस्नेत डेनमार्क, सुरेश राज त्रिपाठी साउदी अरव, कुमार थापा दक्षिण कोरिया, सुनिल संगम पोर्चुगल,बैकुण्ठ गौतम पोर्चुगल,नविन पंगेनीओमान, कर्ण अधिकारी मकाउ, सुरेश कार्की स्वीडेन,कमल बिक्रम केसी फ्रान्स , माल्टाका महामन्त्री उज्वल केसी, लगायत बिभिन्न देशका जनसम्पर्क समितिका महामन्त्रीहरुले आफ्नो विचार राखेका थिए ।

सबैका विचारहरु सुनिसके पछि पाटीको पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पुरानै ढर्रा र दृष्टिकोणले अव देश अघि बढ्न नसक्ने बताउदै नयाँ दृष्टिकोणका साथ अघि बढ्न आवश्यक भएको बताए ।अव कुनै पनि क्षेत्र पहिलेकै सोच र ढर्राले चल्न सक्ने अवस्था छैन, सिटौलाले भने, अव आर्थिक, शैक्षिक लगायतले सबै क्षेत्रको पुर्नसंरचना गर्न जरुरी छ । साथै पाटीलाई आगामी दिनमा शक्तिशाली बनाउन आफु सबै तरिकाबाट खटने प्रतिबद्धता समेत जनाए ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आकर्षण नारा दिएर सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टीको सरकार भ्रष्टचारमा लिप्त भएको बताए ।सरकारको जनतालाई कसरी जोगाउने भन्ने चिन्ता छदै छैन, पौडेलले भने, यो बेला पनि सरकार भ्रष्टचारमा लिप्त छ ।अन्य अतिथिहरुले पनि अहिलेको संकटको सामाना गर्नु मुख्य चुनौति भएको भन्दै देशमा थप संकट आउने भएकोले नेपाली काँग्रेसले ध्यान दिनुपर्ने धारणा ब्यक्त गरेका थिए । उक कार्यक्रमको सहजिकरण नर्वेका महामन्त्री पारसमणी मिश्रले गरेका थिए ।उक्त कार्यक्रम मा जनसम्पर्क समितिका सभापति ,शुुुभचिन्तक आदिकोे सहभागी थियो ।