शितगंगा नगरपालिकामा औद्योगिक ग्राम बन्ने डिपिआर सुरु

प्रकाशित मिति:

शितगंगा नगरपालिकामा औद्योगिक ग्राम निमार्णका लागि डिपिआर सुरु गरिएको छ । प्रदेश सरकारको निति तथा कार्यक्रममै एक बिकास क्षेत्र एक औद्योगिक ग्राम निमार्ण गर्ने प्रदेश सरकारको योजना अनुसार अर्घाखाँचीको प्रदेश सभा २ मा शितगंगा नगरपालिकाको वडा नम्बर १३ मा डिपिआर सुरु गरिएको हो । हरेक स्थानिय तहमा साना खालका कुटिर उद्योग तथा स्थानिय उत्पादन तथा प्रसोधन हुने गरि औधेगिक ग्रामको स्थापन हुन लागेको शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीले जानकारी दिनु भयो । स्थानियहरुको चासो र स्थानिय बिचिन्न उत्पादन फर्निचर,बाँसका बिभिन्न सामाग्री घरेलु उत्पालनका सामाग्री उत्पादन तथा बिक्रीको लागि समेत यसले ठुलो भुमिका खेल्न सक्ने अधिकारीले बताउनु भयो । करिव ५० देखि १०० रोपनी क्षेत्रफको खुल्ला क्षेत्रमा डिपिआर सुरु गरिएको शितगंगा नगरपालिकाका नगर उपप्रमुख टिका रेस्मिले जानकारी दिनु भयो ।

प्रदेस सभा सदस्य रामजी घिमिरेकोको बिषेस पहलमा सञ्चालन हुन लागेको औद्योगिक ग्रामको डिपिआरको लागि १५ लाख बजेट बिनियोजन गरेकोमा अहिले काम सुरु भएको रेस्मिले जानकारी दिनु भयो ।प्रदेशको योजना अनुसार यो योजनाका लागि बिभिन्न स्थानहरु हेरिए पनि बिभिन्न जनप्रतिनिधीको अनुगमन पछि उपयुत्त स्थानको छनोट गरि सिमलपानीको थाप्ले डाँडामा डिपिआर सुरु भएको हो । प्रदेश सरकारको सहयोगमा बन्न लागेको औद्योगिक ग्राममा स्थानिय उत्पादन हस्तकला घरेलु उद्योग लगायतका यहाँ बन्ने औद्योगिक क्षेत्रमा रहने छन । डिपिआर असार मसान्त सम्ममा तयार पारी प्रदेश मन्त्रालयमा बुझाए पछि काम अघि बढ्ने छ । वडा नम्बर १३ को खुल्ला तथा सम्भावना बोकेको क्षेत्रमा डिपिआर सुरु भएको र सम्पुर्ण वडा बासीको समेत साथ र समर्थन रहेको वडा अध्यक्ष दुर्गा बिसिले जानकारी दिनु भयो । यसअघि बिभिन्न स्थानको सम्भाब्यता अध्यन गरिएको र यो ठाँउको सम्भाब्यत रहेकोले डिपिआर सुरु गरेको हो ।

नेकपा शितगंगाका अध्यक्ष द्धारा क्वारेन्टिनहरुको अनुगमन-नेकपा शितगंगाका अध्यक्ष बशन्त श्रेष्ठ द्धारा नगरपालिकाका बिभिन्न क्वारेन्टिनहरुको अनुगमन गर्नु भएको छ । कोरोना भाइरसको माहामारीको समयमै भारत तथा बिभिन्न जोखिम क्षेत्र बाट आउनेहरुलाई शितगंगाका बिभिन्न क्वारेन्टिनमा राखिएको छ । अध्यक्षे श्रेष्ठले अनुगमन गर्दे यो बिपतको अबस्थामा सबै हातेमालो गर्दै यसको सामाना गर्नु पर्ने बताउनु भयो । क्वारेन्टिाइनमा बसेकाहरुलाई आत्मबल र औसला प्रदान गर्दै बिभिन्न क्वारेन्टिनमा फलफुल बितरण गर्नु भएको हो । शितगंगा नगरपालिका को वडा नम्बर २,३, १०,१२,१घ लगायतका स्थानमा रहेका क्वारेन्टिनमा पुग्लै त्यहा भएकाहरुको हौसला बढाउदै ढुक्क सँग बस्न नआतिन अनुरोध गर्नु भयो । क्वारेन्टिनमा रहनेहरको खास गरि चिसोमा सुत्न पर्ने तथा लामखुट्टेको सक्मणको बढी जोखिम भएकोले त्यसको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो ।

सुरुबाती समयमा खानामा राम्रो ब्यवस्थापन नभएको गुनासो आए पछि नगर सचिव मणि अधिकारी लगायतको समुहले अनुगमन गरि सुझाव दिए पछि खानामा धेरै गुनासो नआएको र नास्ताको लागि बिभिन्न स्थानमा युवाहरुलार्य आर्थिक संकलन गरि ब्यवस्थापन गर्न अनुरोध गरे पछि अहिले बिभिन्न संघ सस्था तथा कल्व र ब्यतिहरुले समेत नास्ताको ब्यवस्था गरेको मा प्रससा समेत गर्नु भयो । यस्तै केहि वडाहरुले यात्रु उद्धारको काममा आफ्नै गाडी चलाएर भाडा उठाएर समाजसेवाको नाटक गरेको र नगरले अन्य स्थानमा भाडा तिरे पनि केही स्थानमा आफ्नै गाडी चलाएर भारतबाटआउनेहरु सँग रकम उठाएको जानकारी पाएकोले त्यो रकम नगरपालिका वा सम्बन्धित ब्यतीलाई ति नागरिकलाइ फिर्ता गर्न अनुरोध गर्ने बताउनु भयो यस्तै केही वडाले नगरपालिकाले तोकेको रकममा खाना खुवाएर क्वारेन्टिनमा बस्नेहरु सँग समेत खाना खर्च उठाएको पाएकोले यस्तो बिपतको बेला जनतालाई सहयोग गर्नु पर्ने बेला लुट्ने तर्फ लागेको भन्दै यस्तै अप्ठेरोमा सहयोग गर्न बिभिन्न सघसस्था र नेकपाले समेत नगरपालिकाको राहत कोषमा सहयोग गरेको बताउदै यो बिपतमा जनतालाई अप्ठेरो हुने गरि काम गर्न सबैमा अनुरोध गर्नु भयो ।