लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु

२६ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, जेठ २६ लुम्बिनी मेडिकल कजेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सोमबार बिहान गुल्मीको मालिका गाउँपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वासप्रस्वासमा समस्या र ज्वरो आएको पुरुषलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिएको थियो। उनको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल भैरहवा पठाएपनि रिपोर्ट भने आउन बाँकी नै रहेको अस्पतालले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया