वृहतर पर्वतिय पर्यटन विकासको डिपिआर अन्तिम चरणमा

प्रकाशित मिति:

चुत्र महत जेठ २६,भीरकोट भीरकोट नगरपालिकाको वडा न ५, ८ र ९ वाडमा पर्ने विभिन्न धार्मिक, पर्यटकिय र ऐतिहासीक क्षेत्रहरुको वृहतर विकासको लागी वृहतर पर्वतिय पर्यटन विकासको डिपिआर अन्तिम चरणमा पुगेको छ ।  भीरकोट नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आए संगै विकासले तिव्रता पाएको छ । भीरकोटका ९ वटै वाडमा विकास निर्माणको काम दुर्त रुपमा भैरहेको अवस्थामा भीरकोट नगरपालिकाको वडा न ५ मा रहेको स्वरेक मैदानले भीरकोट नगरपालिका मात्रै हैन जिल्ला सहित नेपाललाई नै विश्वमा परिचित गराएको ठाँऊ जहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाई वनेको छ । जहाँ अन्तराष्टिय प्याराग्लाईडिङ् प्रतियोगिता समेत सम्पन्न भैसकेको छ । यस क्षेत्रको पूर्वाधार देखी अफिसियल कार्यहरु तिव्र रुपमा भैरहेको अवस्थामा थप पर्यटकहरुको आगमन र मनोरञ्नका लागी वृहतर पर्वतिय पर्यटन विकासको डिपिआर तयार पारि अन्तीम चरणमा पुगेको हो ।

गुरुयोजना भित्र भीरकोट नगरपालिका वडा न ५,८ र ९ को समिपमा रहेको चितपानी फलाते गहिरो लाई बाध लगाई सुन्दरताका लागी नैनीताल जस्तै ताल निर्माण गरी तालको छेऊवाट हिड्ने वाटो र व्यवस्थीत होटल तथा रेष्टुरेन्ट निर्माण गरिने, स्वरेक प्यारागलाईडिङ् देखी गडहरे गुफ्फा,ओखतिपानी होमस्टे जोड्ने साईकेलिङ् मार्ग निर्माण गर्ने ,स्वरेकमा फुटवल खेलमैदान,प्याराग्लाईडिङ् गर्ने ठाँऊ भन्दा माथि गरुढ सवार २० फिटको विष्णु भगवानको मुर्ति निर्माण गर्ने, मैदानमा रहेको सल्लाघारी सहितको जंगलमा मिनि चिडियाखाना निर्माण गर्ने, राजेन्द्र भवानी देवीको मन्दिर निर्माण, चाम थुम्का लाई व्यवस्थीत गर्ने र स्वरेकलाई जिल्लाकैे पर्यटकीय केन्द्रको रुपमा विकसित गर्ने नगर प्रमुख छायाराम खनालले वताए । वृहतर पर्वतिय पर्यटन विकासको डिपिआर सम्पन्न भए संगै नगरपालिकाले प्रदेश र संघीय सरकार संग समंन्वय र साझेदारीमा काम गर्ने प्रमुख खनालले वताए । वृहतर पर्वतिय पर्यटन विकास गुरुयोजना अन्तिमरुपको नगर प्रमुख, वडा अध्यक्ष,ईन्जीनियर र स्थानियवासीहरु द्धारा स्थलगत अवलोकन गरीएको वडा न ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले वताए । स्वरेकमा वृहतर पर्वतिय पर्यटन विकास गुरुयोजना अन्तिम चरणमा पुगेको सुन्न र आफ्नै आँखाले देख्न पाँउदा स्थानीयवासीहरु हर्षित भएका थिए ।