हाम्रो सीमा मिच्नेलाई दण्डित गरिन्छ : भारतीय गृहमन्त्री

२६ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  २६ जेठ,  । भारतका गृहमन्त्री अमित शाहले छिमेकी देशहरुसँगको सीमा विवादलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । उनले आफ्नो देशको सीमा अतिक्रमण गर्नु कुनै बच्चाको खेल नभएको भन्दै यस्तो गर्न खोज्नेले दण्डित हुनुपर्ने बताए ।भारत र चीनबीच एक महिनादेखि सीमा क्षेत्रमा तनाव बढिरहेको छ । लद्दाखमा दुई देशका सैनिकबीच बारम्बार मुठभेड भएपछि अहिले दुबै देश वार्तामा छन् । पाकिस्तानसँग जम्मु कश्मिरलाई लिएर भारतको अन्त्यहीन संघर्ष छ ।

यसैगरी अहिले नेपालसँग पनि सीमा विवाद चर्किएको छ । नेपालले कालापानी-लिम्पियाधुरालाई समावेश गर्दै नयाँ नक्सा प्रकाशित गरेपछि भारत रुष्ट बनेको छ ।उडिसा जान-सम्भवको भर्चुअल र्‍यालीलाई सोमबार सम्वोधन गर्दै शाहले कुनै देशको नाम नलिई भनेका छन्, ‘हाम्रो समयमा पनि उरी र पुलवामामा आतंकवादी आक्रमण भए, तर प्रधानमन्त्री नरेन्द्र मोदीले कत्ति पनि समय खेर फाल्नुभएन । पाकिस्तानलाई एयर स्ट्राइक र सर्जिकल स्ट्राइकबाट जवाफ दिइयो । यसले सम्पूर्ण विश्वलाई महसुस गरायो कि भारतको बोर्डरमा छेडछाड गर्नु बच्चाको खेल होइन, अन्यथा तपाईं दण्डित हुनुपर्छ ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग