कृषि आधुनिकीकरणमाअब छुद्र राजनीतीकरण नहुने प्रतिबद्धता : मन्त्री भुसाल

२६ जेष्ठ २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्यामा भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतीकरण नहुने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्‍नको उत्तर दिँदै भुसालले अब प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीतीकरण नहुने प्रतिबद्धता जनाएका हुन् । विगतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर बिगार्ने काम भएको भन्दै उनले अब सुधार गरेर अघि बढ्ने आश्वासन दिए । उनले भने, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हामीले बिगार्‍यौं । सबै मिलेर बिगार्‍यौं । अनावश्यक राजनीतीकरण र गुटकरण गरेर त्यसलाई ध्वस्त पार्‍यौं हामीले ।

हाम्रै आफ्नै सबैभन्दा ठूलो प्रोजेक्ट भएकाले त्यसलाई नफाल्ने निर्णय गरेका हौं । राम्रो बनाउन लागेका छौं । अब जसले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ । अब छुद्र राजनीतीकरण हुँदैन ।कृषि मन्त्रालयबाट दिने कुरामा कम्तीमा यति विश्वास गर्नुहोस् । यदि कमिसनखोरीकै सत्ता चलेको हो भने अब त्यो कमिसनखोरीको आयु पूरा भयो भनेर हामीले हेर्ने हो ।  उनले आफू बिग्रिएको स्थिति सुधार गर्न आएको पनि स्पष्ट पारे । सो परियोजनामा सांसदहरुले नै करोडौं रुपैयाँ लगेको भन्ने सांसहरुको जिज्ञासामा उनले भने, “सांसदहरु पनि करोडौंमा लागे । त्यस्तो भयो होला भन्नका लागि मसँग प्रमाण छैन । रेकर्डहरु छैन । मन्त्रालयमा केही छैन । पुराना कागज छैन । रेकर्ड खोज्यो छैन । स्थिति त्यस्तो छ ।”उनले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, “किसान पेन्सन भनेर अब हामीले नारा मात्रै लगाउने होइन । गर्ने हो । तर, सामान्य को किसान हो होइन भनेर तथ्यांक समेत हामीले लिएका छैनौं त्यसैले तपाईंले हरेक पटक संसद्‍मा कोर्रा लगाईदिनोस् मलाई ताकि छिटोभन्दा छिटो हाम्रो मन्त्रालयले किसानको सूचीकरण गर्न सकोस् त्यसपछि के गर्ने हो सँगै गरौंला । ”कृषि उद्योगको नारा लगाईरहे पनि कृषिको औद्योगिकरणको बाटोमा हिँड्न नसकिएको स्वीकार गरे । उनले कृषि शिक्षा र कृषि कर्मलाई सँगसँगै लैजानका लागि सुर्खेतमा ७० वटा स्कुलमा पाइलट योजना सुरु गएिको पनि जानकारी दिए । मन्त्री भुसालले आगामी आर्थिक वर्षदेखि मलमा जस्तै बीउमा अनुदान दिन सुरु गरिएको तथा सरोकारित मन्त्रालयसँग मिलेर सिँचाइको राम्रो व्यवस्था गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…