छिप्पिएका घिरौला !

प्रकाशित मिति:

राधा अर्याल – हामी साना छदा हाम्रो घरमा थूप्रै घिरौला छिप्पिन्थे, खादा खादा नभ्याएर। मेरो बुवा प्राध्यापनमा ब्यस्त भएपनि घरमा आमाको लगाव र स्वाबलम्बीपनले गर्दॉ हामीले आफूलाइ कृषकनै भएको महशूस गर्थ्थेउ तर केही बर्षयता हामी केटाकेटी स्कुले जिवन सकाएर उच्च शिक्षाको लागी घरबाट बाहिर बस्न थाले पछि हाम्रो आमाका सहयोगीहातहरु पनि कमि भए अनि घिरौला छिप्याउन त दिन गनेर कुर्नु पर्ने भयो। आमा कहिले काहि फोनमा गुनासो गर्नुहुन्थ्यो, हेर बारी बाझै छ, तरकारी किनेर खानु पर्ने। गाउलेले खस्यॉक खूसुक कुरा गरेको सुन्छु, भन्छनस “पहिला पहिला गोदिखोलेलाइ मेरो आमाको माइती लुब्दीखोला हो तर प्रचलनको भाषामा गोदीखोला अनि हाम्रीआमालाइ गोदाखोले भन्छन बूढापाका गाउलेहरु, तेरो लोग्नीको त्यती राम्रो कमाइ छ, कती दुख गर्छेस भन्दा हामीलाइ पाठ पढाउथीन र भन्थिन लोग्नेको कमाइमात्र हेरेर हुन्छ र आफूले पनि त केही गर्नु पर्यो, खेतबारी छ, दुइहात छन,साथमा छोराछोरी छन्। आफ्नै खेतबारीमा फलाएर खानु पर्छ भनेर तर हिजो आज त आफैले तिउन किन्न थालिछन्। म सुनेको नसुनै गर्छु।

हिजो आज फेरी हाम्रो घरमा घिरौला छिप्पिन थालेको छ। कोभिड पेन्डेमिकले थुप्रै कुरा लुटे पनि केहीकुरा राम्ररी सिकाएको छ। अहिले मेरा भाइबूहारी, भदाभदैहरू मिलेर आमाको बारी फेरी मलिलो पार्दैछन। आमामख्ख हुनुहुन्छ, घिरौला, लौका सहित अन्य तरकारीहरुको फोटो खिचेर म्यासेन्जरमा पठाउनु हुन्छ र त्यसको बयान गर्न फोन गर्नुहुन्छ। अझै थप्नुहुन्छ, माथि कृष्णदाइ भाउजु, पल्तिर सुन्दर र तल सुरेश पनि गाउमै छ। माथि अर्जुनको जेठो छोरो संम्भवले अरु साथिहरुसंग मिलेर कुखुरा फर्म खोलेको छ। अहिले आमा निक्कै खुशी हुनुहुन्छ। पहिला आमा आफू आत्तिएर दिनहु फोन गर्नु हुन्थ्यो त आजकल चॉहि म आत्तिन्छुकी भनेर। कहिले कॉही त फोनै गर्न बिर्सनु हुन्छ। अर्को दिन फोन गर्दा म जिस्क्याइ दिन्छु, “आमाको गाउघर र खेतबारीले जवानि पाएको छ, हाम्लाइ बिर्सनु भो”। आमा फेरी मलिन स्वरमा भन्नुहुन्छ, त्यता कोरोनाका बिरामी थुप्रै छन भन्छन, आफु पनि सुरक्षित रहेर अरुको सेवा गर्नु है, त्यताको पिर लाइरहन्छ। यतॉ पनि संडक्रमण बढ्यो भन्छन, वालिडंमा पनि बढदै छ रे, कसैलाइ केहि नभइदिए हुन्न्थो अहिले यत्ती एउटा कुराको चिन्ता हो मलाइ, अरु त आन्नद छ।

आमालाइ ढाडस दिन म पनि यता मास्क, फेससिल्ड, गाउन, ग्लब्स लगाएका फोटा लुकाउछु। वासिडं मेशिनमा धोएका लुगा ड्राएरमा नराखिकन घर पछाडि डोरी टॉगेर सुकाउछु र भर्खरै उम्रदै गरेका बतिला सिमी, काक्रो, करेलाका बेर्नाहरु बिच बसी, मुलाका पात बाटामा राखेको तस्विर पठाउदै भन्छु। आमा, यहॉ छ महिना हिउनै पर्ने हुनाले त्यहॉको जस्तो घिरौला छिप्पिने गरी खेतीपाती त हुदैन तर मेरो यो तेस्रो घर ९पहिलो जन्मघर, दोश्रो स्वदेशको कर्मघर र तेस्रो परदेशको कर्मघर पनि पहिलो घर जस्तै बनाउने कोशिस गर्दै छु। आफ्नो पेशामा पनि खटिएकै छु, हजुरहरु पनि खूशीको साथै सूरक्षित रहनु होला । घिप्पिएको घिरौला त्यतै भदाभदैलाइ खुवाएर, त्यस्को जालो चाही मलाइ पठाइदिनु होला, म त्यही जालोले दिनहु जिउ माडेर हजुरको हातको न्यास्रो मेटाउने छु।राधा अर्याल स्याड्जा, वालिड्, नेपाल हाल टोरन्टो क्यानडा