युवा समाजसेवी थापाद्वारा २ लाख खर्चिएर व्यक्तिगत लगानीमा टाक्राङथुम्कीमा खेल मैदान

प्रकाशित मिति:

प्रकाश अधिकारी – दमौली जेठ २५ गते म्याग्दे गाउँपालिका वडा न।१ का युवा व्यवसायी तथा समाजसेवी चामबहादुर थापाले व्यक्तिगत लगानीमा खेल मैदान निमार्ण गरेका छन्। म्याग्दे वडा न।१ का थापाले २ लाख रूपैयाँको लगानीमा फुटबल खेल मैदान निमार्ण गरेका हुन्। गाउँमा उचित खेल मैदान नहुँदा खेलाडीहरुलाई खेल खेल्न समस्या भएकाले आफ्नो सानो लगानीमा खेल मैदानको निर्माण गरेको थापाले बताए।गाउमा गतिलो खेल मैदान नभएको र खेलप्रति चासो राख्ने युवाहरूले खेल मैदानको अभावले गाउका युवाको प्रतिभा राष्ट्रिय स्तरसम्म जान सक्ने हुदा आफूले युवाहरूलाई अगाडि बढाउन यस्तो काम गरेको उनले बताए।

उक्त टोलमा रहेको मनाकामना युवा क्लबका अध्यक्ष दलबहादुर थापाले जानकारी दिए अनुसार सो मैदान बनेसंगै  बच्याङ,टाक्राङ,अर्जलथोक,नौघरे,चारघरे,छापथोक, धरादी, पारथोक, थुम्काका युवाहरूलाई खेल खेल्न सहज हुने बताए।आफ्नो गाउँ ठाउँका युवाहरुले खेलमा राम्रो प्रगति गरेको हेर्न मन आफैंलाई रहेको थापाले जानकारी दिए। गाउँमा राम्रो फुटबल खेल मैदान निर्माण भएपछि अहिले स्थानीय युवाहरू खुशी भएका छन्।खेल मैदान करिब १० रोपनी जग्गा बनेको छ। थापाले पर्यटकीय पदमार्ग,खानेपानी,सामाजिक भवन बनाउन उनले सहयोग गरेका थिए।वडा अध्यक्ष शिवशरण वाग्लेले थापाले खेलमैदान बनाउन सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा वडाले पनि सो खेलमैदानलाई विशेष प्राथमिकतामा राख्ने जानकारी दिए।