होमियोप्याथिक एसोसिएसन द्वारा निशुल्क औषधी बितरण

प्रकाशित मिति:

जेष्ठ २५

नवलपरासी । अखिल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न ५ कमिटिले कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि का लागि होमियोप्याथिक औषधी आर्सेनिकम एल्बम ३० निशुल्क वितरण गरेको छ। ज्येष्ठ २६ गते आइतबार लुम्बिनी सास्कृतिक नगरपालिकाको कार्यलय भवनमा नगर प्रमुख श्री मनमोहन चौधरी लाई सो नगरपालिका अन्तर्गत रहेका विभिन्न क्वारेन्टाइन तथा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य तथा सुरक्षाकर्मी का लागि सो औषधी हस्तान्तरण गरिएको प्रदेश न ५ कमिटी का अध्यक्ष डा संगीत प्रधान ले जानकारि गराउनु भयो । उक्त कार्यक्रममा सघिय सांसद सुजिता शाक्यले दाङ तथा कपिलवस्तुका विभिन्न क्वारेन्टाइनमा समेत औषधी वितरण गरि सकेको जानकारी दिनु भएको थियोे । साथै उक्त औषधिको प्रभावकारिता तथा अपरिहार्यताका बारेमा समेत छलफल भएको र आगामि दिनमा प्रदेश ५ अन्तरगत रहेका विभिन्न क्वारेन्टाइन तथा सम्पुर्ण जनमानसमा सो औषधि निशुल्क उपलब्ध गराउन पहल भै राखेको जानकारि एशोसिएसनका केन्दृय सदस्य डा मिनराज भुसाल ले जानकारि गराउनु भयो। उक्त कार्यक्रम बिच लुम्बिनी विकास कोषका पदाधिकारि तथा सोहि इस्थानमा कार्यरत सुरक्षाकर्मिका लागि समेत श्री भोला गुप्ता मार्फत औषधि उपलब्ध गराइएको कमिटी का सचिव डा बिनोद शर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेश ५ कमिटी उपाध्यक्ष डा इकरम वारिस ले विभिन्न देशमा होमियोप्याथिक औषधि द्वारा गरिएको कोरोना रोकथाम सम्बन्धि प्रयास तथा त्यसको प्रभाबकारिता सम्बन्धि तथ्यांक पेश गर्नु भएको थियो ।
Photo mathi ko ho sir