भण्डारीको नेतृत्वमा ‘युथ क्लब अफ बस्तु’

२७ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


गुल्मी – बिकास , अनुशासन र गतिशीलता भन्ने उदेश्यका साथ गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुमा युथ क्लब अफ बस्तुको तदर्थ समिती गठन प्रक्रिया सम्पन्न भएको छ । विभिन्न ठाउँमा छरिएर बस्तुको लागि समर्पित समस्त युवाहरुलाई समेट्ने क्लबको रणनीति तयार भएको छ ।
विशेषत : “अनियमितताको लागी खवरदारी , युवा पहुँचमा जिम्मेवारी” को नारा बोकेर अघि बढेको क्लबको तदर्थ समितीमा अध्यक्ष बिमल भण्डारी , उपाध्यक्ष कौशिला श्रेष्ठ , सचिब नारायण प्रसाद पाण्डे , सह-सचिब हरि बहादुर बिक (सुवास), कोषाध्यक्ष थानेश्वर पन्थी र सदस्यहरुमा रमेश पोख्रेल , चुरामणी घर्ती , बाबुराम घर्ती , सन्तोष कुँवर , अमृता पाण्डे (भण्डारी) , बिकास भण्डारी , रमेश सुनार , पुनाराम कुँवर , रक्षा भण्डारी , अर्जुन भण्डारी रहनुभएको छ ।

साथै क्लबले बस्तुबाट विभिन्न ठाउँमा काम विशेषले छरिएर रहेका युवाहरुलाई विभिन्न ठाउँको प्रतिनीधिको रुपमा सर्वसम्मत चयन गरेको छ । जसअन्तर्गत काठमाडौमा लालमणी भण्डारी , बिनोद बिक र हरि भण्डारी रहनुभएको छ । रुपन्देही प्रतिनीधिको रुपमा काशिराम भण्डारी , दिपक भण्डारी , मौसम भण्डारी रहनुभएको छ । नारायणगढ प्रतिनीधिमा हिमाल घिमिरे , तुल्सीराम भण्डारी , चिरण पाण्डे रहनुभएको छ । कास्की प्रतिनिधिमा भावना भण्डारी र त्रिलोचन कुँवर रहनुभएको छ ।
त्यस्तै क्लबले आफ्नो गोपनियतालाई मध्यनजर गर्दै सुचना अधिकारी र प्राविधिकको रुपमा क्रमस राम प्रसाद भण्डारी र भानुभक्त भण्डारीलाई चयन गरेको अध्यक्ष बिमल भण्डारीले सबलपोस्टलाई बताउनुभयो ।
स्वास्थ्य , शिक्षा , कृषि , पर्यटन , वैदेशिक रोजगार समन्वय , खेलकुद तथा मनोरञ्जन , संस्कृति तथा संस्कारको जगेर्ना गर्ने हेतुले विभिन्न उपसमितीको क्रमश निर्माण गर्ने क्लबका सचिब नारायण पाण्डेले बताउनुभयो । साथै क्लबले आजिवन सदस्यको लागि रु ५५५ र साधारण सदस्य बन्नका लागि रु १०५ रुपैयाँ तोकेको छ । क्लबलाई मुर्त रुप लिनका लागि मस्यौदा लेखनमा ३ सदस्यीय समितीको निर्माण समेत गरेको छ । क्लबको स्थापनाका लागि अहोरात्र खट्ने र विशेष पहल गर्ने रमेश भण्डारी प्रती उच्च सम्मान प्रकट गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा