पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा १२ जनामा कोरोना सक्रमीत पुष्टि

प्रकाशित मिति:

प्रकाश न्यौपाने जेष्ठ २७ । नवलपरासी । पश्चिम नवलपरासीमा आज एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्ता गाँउपालीकामा आज एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सुस्ता १ का ६ जना छन् भने सुस्ता ३ मा दुई जना, चारमा एक जना र पाँचमा तिन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले रेडियो परासीलाई जानकारी दिनुभयो ।

संक्रमित वडा नम्बरमा १ मा ४० वर्षका दुई जना, २४, ४६,४८ र ५६ वर्षका एक एक जना छन् छन् भने वडा नम्बर ३ मा १६ र ३० वर्षिय यस्तै चारमा ४० वर्षिय र वडा नम्बर ५ मा १६,२३ र २७ वर्षका छन् । संक्रमित सबै पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताउनुभयो । यहि जेठ २० गते स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएकोमा आज बल्ल रिपोर्ट आएको हो ।
उनिहरु सबै भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । उनिहरुलाई सुस्तामै रहेको वेलवानी स्वस्थ्य चौकिको भवनमा लाने तयारी भईरहेको खबर छ । यस अघि पनि सुस्तामा ४ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना निको भईसकेका छन् । यस संगै पश्चिम नवलपरासीमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये सुस्तामा सबैभन्दा बढि १६ जना संक्रमित फेला परेका छन् ।