देवदहमा लागूऔषध सहित २ जना पक्राउ

प्रकाशित मिति:

रुपन्देहीको देवदहमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन । रुपन्देहीको देवदह र नवलपरासीको सुनवल जोड्ने कजरार खोला पुलमा शंका लागि चेक गर्दा ग १ प ८००२ नंम्बरको मोटसाइकलमा खैरेनी तर्फ आउँदै गर्दा पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा देवदह–१ शंकरपुरका १८ बर्षिय मोहमद आलम र भारत महारागञ्जका २० बर्षिय सौमान अहमद रहेको देवदह प्रहरी चौकीका साहायक प्रहरी निरीक्षक टोप बहादुर रानाले जानकारी दिनु भयो । उनिहरुको साथबाट ८८ थान डाइजेपाम, ९५ थान नोफिन र ८८ थान फेनेरागन बरामद गरीएको छ ।

उनिहरुले लागुऔषध ल्याए वापत ५ हजार रुपैयाँ पाउने आशामा आफुहरुले भरीया काम गरेको बताएका छन । उनिहरुले नाताले भेना साला हुन ।