राहत नपाए पछि स्थानीय युवाहरूद्वारा वडा कार्यालयमा तालाबन्दी

२७ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


महेश सिंह / सिरहा २७ जेठ – बिश्व माहामारीको रूपमा फैलिदै गरेको कोरोना भाईरस बाट जोगिन नेपाल सरकारले देश ब्यापी रूपमा लकडाउन घोषणा गरेको छ । जेठ ११ गते देखि नेपाल लकडाउन भएको छ् । लकडाउन भएको तिन महिना हुन लाग्यो लकडाउनको मारमा परेका दैनिक मजदुर तथा भुमिहिन सुकुम्बासीहरु मारमा परेका छ्न । रोजगारी गुमाएका बिपन्न परिवारले राहत नपाए पछि बरयारपटि गाउँ पालिका २ जानकिनगरका युवाहरूका एक समुहले भ्रष्टाचार विरुद्धको अवाज उठाउने युवा संघका अध्यक्ष अजय कुमार राय ,कोषा अध्यक्ष दिनेश कुमार मुखिया ,उपाध्यक्ष पशुपति यादव सचिब अनिल कुमार राय लगायतका युवाहरूले बिपन्न परिवारले राहत नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । राहतको विषय लिएर पटक – पटक अध्यक्ष संग बैठक बसे पनि वास्ता नगरेको स्थानीयको आरोप रहेको छ । उक्त वडामा करिब १२ सय घर धुरी रहेको संस्थाका सल्लाहकार डाक्टर सागिर अन्सारीले बताउनु भयो ।

पदेश सरकारको योजना अनुसार प्रत्येक वडा कार्यालयमा ५८ जना प्रति घर धुरीलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निरदेसन रहेको छ । पुर्ण रूपमा दलित र बिपन्न समुदायमा राहत न पाएको स्थानीयको आरोप छ । केहि दलित बस्तीमा मात्र राहत पाएको निरोज कुमार यादवले जानकारी दिनुभयो । वडा नम्बर २ मा ५७२ घर धुरी मध्ये ५३६ घर धुरीलाई प्रति घर धुरी २५ किलो चामल , ३ किलो दाल , २ पिस लुगा धुने साबुन , २ पिस नुहाउने साबुन , २ पोका नुन , २ किलो चिनी प्रति घर धुरीलाई बाडेको अध्यक्ष बिजय कुमार महतोले दाबी गरेका हुन् । बाकी ३६ धुरीलाई १५ किलो चामल ,२ किलो दाल , १ किलो चिनी ,२ पिस लुगा धुने साबुन ,१ पिस नुहाउने साबुन बाडेको समाज सेबि ईन्द्र जित कुमार ठाकुरले बताए । वडा भित्र हावा हुरिले धेरैको घर भतकाएको छ् तर अध्यक्ष महतोले कुनै वास्ता नगरेको पीडित दिनेश कुमार मुखियाको गुनासो छ । यता क्वाईरेनटाईन समेत ब्यबस्थित न रहेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण