कर्म गर तर फल नखोज : भागवत गीता

२७ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


कोही पनि मानिस एकछिन पनि कर्म बिना बस्न सक्दैन । किनकी प्रकृतिको छत्रछायामा बस्ने सबै प्राणीले प्रकृतिजन्य गुणको काम कारवाही लिनेगर्छन् । विचार पनि एक कर्म हो । यो पनि कर्म बनेर फल ल्याउछ । त्यसकारण होशको साथमा राम्रो विचार गर्नुपर्छ । मुर्ख मानिसले सबै इन्द्रियहरुलाई रोकेर दिमागले इन्द्रियहरुको बारेमा सोच्छ । त्यसलाई झुटो भनिन्छ ।मानिसहरु बाहिर जे गर्छन त्यसलाई कर्म भनिन्छ भने बाहिर केही नगर्नु पनि कर्म नै हो । कर्मको वारेमा शास्त्रले भन्छ कर्म नगर्नु भन्दा कर्म गर्ने श्रेष्ठ हो । कर्म नगरी शरीर निर्वाहको रुपमा प्रमाणित हुँदैन ।

तोड्ने खालको कर्म लाई पुण्यकर्म (सकर्म) भनिन्छ । जब कुनै व्यक्तिले वर्तमानमा बसेर कर्म गर्दछ भने त्यसलाई विशेष (पाप) भनिन्छ । फल प्राप्तीको आशा नगरी कार्य गर्नुलाई अकर्म भनिन्छ । यसमा कर्ता भाव हुँदैन र बन्धनमा बादिदैन् ।कर्म गरेर ईश्वरसँग नै फलको आशा गर्नुपर्छ । कर्म गर्नमा मात्र आफ्नो अधिकार हुन्छ फलमा हुँदैन । यसैले कर्म गर तर फल नखोज ।कर्म बिना ज्ञान व्यर्थ हुन्छ र ज्ञान बिना कर्ममात्र मुर्ख हुन्छ । कर्म प्रेमको प्रदर्शन हो । यदि प्रेमबाट काम गर्न सकिदैन भने र मन मारेर काम गर्नाले राम्रो हुँदैन । त्यसकारण कर्मको फल त्यागेर कर्मलाई प्रेमले भरेर गर्नु गुसणस्तरीय र टिकाउ हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया