१४ वर्षीया तीन नाबालिकामाथि सामूहिक बलात्कार

२७ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


कैलाली – कैलालीमा तीन जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा पहरीले चार जनालाई पक्राउ गरेको छ।मंगलबार दिउँसो साढे १ बजे टिकापुर नगरपालिका १ स्थित रानी कुलो किनारमा १४ वर्षीया तीन नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार ती नाबालिकाहरूलाई डर धम्की देखाई जवरजस्ती करणी गरी उनीहरु फरार भएका थिए ।

उक्त घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरुको खोजी सुरू गरेको थियो ।सोअनुसार प्रहरीले सोही ठाउँ बस्ने १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दिपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दिपक ठकुल्लालाई पक्राउ गरेको हो । अर्का एक जना फरार रहेका छन् ।प्रहरीले मंगलबार नै कैलाली जिल्ला अदालतबाट उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिसकेको छ ।kathmandupati

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा