१८ जना कोरोना संक्रमित निको भई घर फर्किए

२७ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


जुम्ला – जुम्लामा १८ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका १८ जनाले कोरोनालाई जितेर मंगलबार घर फर्किएका हुन् ।

डिस्चार्ज भएका १८ जनाकै पछिल्लो रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उपचारपछि निको भई अस्पतालबाट डिस्चार्ज हुन पाउँदा सबैले खुसी व्यक्त गरको जनाइएको छ ।canadanepal

फेसबुकबाट तपाईको प्रतिक्रिया