कुवेतमा समस्यामा परेका ३०० नेपालीलाई नेपाल ल्याउने

२७ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  सरकारले कुवेतमा समस्यामा परेका ३०० नेपालीलाई नेपाल ल्याउने भएकाे छ।आममाफी पाएर कुवेत सरकारको सेल्टरमा बसेका ३ सय नेपाली लाई बुधवार नेपाल फर्काउन लागिएको छ ।

आममाफीमा सहभागी भएर बसेका उनीहरुलाई कुवेत सरकारले नै दुइ वटा फ्लाइटबाट नेपाल पठाइदिने बताइएको छ ।कुवेतबाट जजिरा एअरवेजले नेपालीहरुलाई लिएर आउने छ। तर समय भने टुङ्गो लाग्न बाँकी रहेको दूतावासले जनाएको छ ।lokpath.com

फेसबुकबाट तपाईको प्रतिक्रिया