कोरोना रोकथामका लागि थप ३० लाख डलर सहयोग

२७ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – अमेरिकाले नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ३० लाख अमेरिकी डलर सहयोग गरेको छ ।अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत मार्चमा १८ लाख डलर, अप्रिलमा २५ लाख डलर, र अहिले ३० लाख डलर सहयोग गरेको हो ।अमेरिकी राजदूत र्‍यान्डी बेरीले युएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका हुन् । यसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ ।

पछिल्लो ३० लाख डलर कर्णाली र प्रदेश ५ मा कोभिड-१९ लगायत अन्य स्वास्थ्य समस्यासँग जुध्न अझै बलियो प्रणाली र प्रतिकार्यको लागि सहयोग निर्माणमा खर्च हुने बताइएको छ ।फेब्रुअरी महिनामा नेपाली जनताको लागि पहिलो अन्तरर्राष्ट्रिय सहयोगीको रूपमा पीपीई र कोभिड-१९ जाँच सामग्री हस्तातरण गरेयता अमेरिकाले ७ पटकसम्म स्वास्थ्य सामग्री सहयोग प्रादन गरिसकेको छ ।khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई समाजसेवी भण्डारीले प्रदान गरे…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा