गरुड पुराण अनसार झुटो बोल्ने नरक पुग्छन्

प्रकाशित मिति:

हिन्दूहरुको पवित्र धर्मग्रन्थ मानिएको गरुड पुराणमा नरकका बारेमा सविस्तार व्याख्या गरिएको छ ।पाप गरेका मानिस नरक जाने धार्मिक विश्वासम हिन्दू धर्मावलम्बीहरुमा रहँदै आएको छ ।

गरुड पुराणका अनुसार, फरक किसिमका पापलाई फरक किसिमका नरक प्राप्त हुन्छ । जसमा झुटो भाषण गर्नेहरु कुन नरकमा पुग्छन् भनेर पनि उल्लेख गरिएको छ ।पुरानका अनुसार, झुट भाषण गर्ने राजनेताहरु तप्तकुम्भ नामक नरकमा जान्छन् ।

यो नरकको चारै तिर फलामको धुलो सहित झल्किरहेको तेलका बिशाल घडाहरु हुन्छन्, यम दूतहरुले पापीजनहरुलाई उधमुन्टो पारेर त्यसैमा हाली दिन्छन र ती महापापिहरुको मासु र छाला छुट्याइन्छ । बेसहरा पापीहरुलाई त्यहीँ गिद्दहरु ठुँङ्छन र चुँडेर उडछन् । पापीहरु पुनः त्यही तेलको कराहीमा खस्छन् ।