विशाल बहुउद्देश्यीयद्धारा कृषि उत्पादन र खरीद विक्री केन्द्र स्थापना गर्ने

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

जेष्ठ २८ ।

नवलपरासी । बर्दघाटमा रहेको विशाल बहुउद्देश्यीय सहकारीले कृषि उत्पादन र खरीद विक्री गर्ने भएको छ । कृषि उत्पादनको लागी बर्दघाट ९ मा रहेको ४५ कठ्ठा जमिन ५ वर्षका लागी  लिजमा लिएर तरकारी खेति उत्पादनका लागी फिल्ड तयार गर्ने काम अहीले चलिरहेको विशाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विनोद खनालले बताउनु भयो । उहाका भन्नुहुन्छ -ॅ अहीले कृषि उत्पादनमा सुरुवाद गरी यसलाई विस्तार गर्दै दुग्ध व्यवसाय र कृषि खरीद बिक्रि केन्द्रको रुपमा अगाडि बढाइने छ । हरेक शेयर सदस्यले आफ्नो घरमा गरेका उत्पादनहरुलाई बजारसम्म पुर्‍याउने काम सहकारी मार्फत गर्ने र शेयर सदस्यहरुलाई कृषि उत्पादन र बजारीकरणमा जोड्ने रणनितिका साथ अगाडि बढेका छौं ।’

प्रदेश नम्बर ५ अन्तगत रहेको भुमी व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालय र विशाल सहकारीको संयुक्त लागानीमा कृषि उत्पादन गर्ने लागीएको हो । जसको अनुमानित लागत ३५ लाख २७ हजार ३ सय २५ रहेको छ । जस मध्य प्रदेश ५ अन्तगत रहेको भुमी व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालयले ५० प्रतिसत हुन आयने रकम अनुदान स्वरुप सहकारीलाई दिने छ । भने बाकि ५० प्रतिशत रकम विशाल सहकारीले नै लगानी गर्ने खनालले बताउनु भयो । प्रदेश सरकारसंग २०७७ बैशाख ३ गते संम्झौता भइ फिल्ड तयारी गर्ने काम चलिरहेको छ ।