रुपन्देहीमा अर्को बिभत्स घटना बन्चरो प्रहार गरि छोराको ह”त्या”

प्रकाशित मिति:

बुटवल/  रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको हत्या भएको छ ।गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई बन्चरो प्रहार गरी हत्या गरेको स्थानीय पत्रकार दिनेश घिमिरेले जानकारी दिए ।

गए राती करिव एक बजे आसपास सुति रहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी घाईते बनाएको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको वडा सचिव बिर्ख पुलामीले बताए ।४८ बर्षिय बावु रिम बहादुर कुमाले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार मृतक चैतको पहिलो साता भारतबाट फर्केका थिए ।बन्चरो प्रहार गर्ने बावु रिम बहादुर प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।

थप समाचार